![काबुलबाट आफन्तको शव बाकसमा आउँदा... [फोटो फिचर]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2016/miscellaneous/22062016042211kabul.jpg)
काबुलबाट आफन्तको शव बाकसमा आउँदा... [फोटो फिचर]
Play all audios:

काठमाडौं — अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती हमलाबाट मारिएका १२ नेपालीको शव नेपाल वायु सेवा निगमको जहाजबाट बुधबार स्वदेश ल्याइएको छ । मृतकसँगै क्यानेडाली दुतावासमा सेक्युरिटी गार्डका
रुपमा कार्यरत २४ नेपाली पनि सोही विमानबाट फर्केका छन् । <?xml encoding="UTF-8"??> अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती हमलाबाट मारिएका १२ नेपालीको शव नेपाल वायु सेवा निगमको
जहाजबाट बुधबार स्वदेश ल्याइएको छ । मृतकसँगै क्यानेडाली दुतावासमा सेक्युरिटी गार्डका रुपमा कार्यरत २४ नेपाली पनि सोही विमानबाट फर्केका छन् । मृतकप्रति श्रद्धान्जली व्यक्त गर्न विमानस्थल
पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीसँग प्रतिक्रिया दिइरहँदा मृतकका आफन्तहरुको चर्को रुवाईले मौनता छाएको थियो । प्रधानमन्त्री ओलीले घटनालाई कायरताको संज्ञा दिँदै भने, ‘यसबाट
सिंगो नेपाल दु:खी बनेको छ ।’ मृतकका आफन्तलाई १२ नबज्दै शव बुझ्नका निम्ती विमानस्थल डाकिएपनि काबुलबाट उडेको नेपाल बायुसेवा निगमको विमान दुई बजेर चालिस मिनेटमा मात्रै अवतरण गरेको थियो । सिम
सिम झरीमा रुझ्दै बसेका शोकाकुल आफन्तहरुले विमानस्थलको वातावरण उराठ बनेको थियो । अधिकांश मृतक परिवारसँग उस्तै दु:ख, बेदना र रोदनका कथा थिए । मृतकको सम्झनाले उनीहरु भावुक त देखिन्थे नै, कतिखेर
विमान आउँला र शव बुझन् पाइएला भन्ने अधैयर्ताले उनीहरु छटपटाईरहेका थिए । कफिन आइसकेपछि मृतक परिवार र आफन्तबिच चर्को रुवावासी चलेको थियो । शव बुझ्न परिवारका सदस्यसँग स-साना काखे बाबुनानी सहित
बुढ्यौलीको उपल्लो विन्दुमा पुगेका समेत उपस्थित थिए । मृतकको नाम र पासपोर्टको फोटो टासिएको कफिनमा कोही अंगालो हाल्दै रोइरहेका थिए भने काही आफैलाई थाम्न नसकेर ढलिरहेका थिए । स्याङ्जाका
शुकबहादुर गुरुङकी पत्नी बारम्बार बेहोस भईरहेकी थिईन भने उनका आफन्तहरुले पानी छम्किरहेका थिए । मृतकका अन्य आफन्तको पनि आँखा सुक्खा थिएनन् । कसैका आँखा रुँदा रुँदै रातो बनेका थिए भने कोही रुदा
रुदै थाकेर आफैलाई सम्हाल्न सकिरहेका थिएनन् । प्रत्येक मृतकका घरमा आ आफ्नै दु:ख र शोकका अनेकन व्यथाहरु थिए । गत १२ बैशाखको भुकम्पमा घर भत्केर एक छोरा र एक छोरी गुमाएका नुवाकोट कल्याणपुरका
मधुसुदन कोइरालादेखि, कान्छी पत्नीबाट जन्मेको १६ दिनको दुधेबालक छोडेर अफगानिस्तान पुगेका बुटवलका जीतेन्द्रसिंह थापासम्म मृतकको सुचीमा थिए । मृतकका आफन्तहरु मृतकसँग गासिएको सम्झना, पछिल्लो
कुराकानीका सन्दर्भ र घरका सम्भावित दु:खहरु सञ्चारकर्मीसँग सकी नसकी सुनाइरहेका थिए । मृतकमध्ये अधिकांश सैनिक पृष्ठभूमिका थिए भने धेरैजसो बषौदेखि अफगानिस्तान जाने आउने गरिरहेका थिए । नुवाकोट
कल्याणपुरका डम्बरबहादुर र बुटवलका जीतेन्द्रसँग त प्रतिबन्धित इराकमा समेत काम गरेर फर्किसकेको विगत छ । कतिले मृत्युपूर्वका संयोगले भरिएका घटना सुनाइरहेका थिए भने कतिले भाग्यमै यस्तो रैछ भनेर
जर्बजस्ती मन बुझाउने प्रयत्न गरिरहेका थिए । मृतक जीेतेन्द्रको कान्छी श्रीमती सन्जिता लामाकी भदई आफन्त सरु लामाले त्यस्तै संयोग सुनाइन् । उनका अनुसार जीतेन्द्र प्रत्येक विहान पहिलो लटको
गाडीमा पाँच नबज्दै दुतावास पृुग्थे । तर घटनाको दिन भने उनी विहान अबेरसम्म निदाएका कारण दोस्रो लटको गाडीमा चढ्न पुगेका थिए । सरुले भनिन्, ‘त्यस्तो दसा लेख्या रैछ ।’ दुई बर्ष अघी मात्रै
जितेन्द्रले महोत्तरी, गौशालाकी सन्जितालाई कान्छी श्रीमतीका रुपमा भित्र्याएका थिए । उनकी जेठी श्रीमती भने बुटवलमा दुई छोरासँग बस्छिन् । नुवाकोट कल्याणपुरका डम्बरबहादुर तामाङ दुई महिनाअघी
मात्रै बाबु बितेर घर फर्केका थिए । काजकिरिया सकेर काममा फर्केका उनको विस्फोटमा परी मृत्यु भयो । यसअघी पनि डम्बरबहादृुरले बर्षौसम्म द्वन्द्वग्रस्त देश इराकमा बिताईसकेका थिए । उनका छिमेकी
सिंहराज लामाले सुनाए, ‘ईराक हत्याकाण्डका बेला पनि डम्बर त्यही थिए । उक्त घटनाको १८ महिनापछि नेपाल फर्केका उनी लामो समय घरमा अडिएनन् ।’ डम्बरका दाई मानबहादुर पनि सात बर्ष अफगानिस्तानमै बसेर
फर्केको एक बर्ष मात्रै भयो । सिंहका अनुसार उनको गाउका मात्रै करिब २० जना अहिले पनि अफगानिस्तानको विभिन्न क्षेत्रमा सेक्युरिटी गार्डको रुपमा कार्यरत छन् । दाई मधुसुदन कोइरालालाई गुमाएका
नरहरीले सुस्तरी सुनाए, ‘गरिबी र अभाव हुन्नथ्यो भने को जान्थ्यो र त्यस्तो देशमा ।’ दाहसंस्कारका लागि सात शवलाई मृतकको गृह जिल्ला पठाउने व्यवस्था सरकारले मिलाएको थियो भने अन्य पाँचको
दाहसंस्कार पशुपती आर्यघाटमा सम्पन्न भयो । श्रृद्धान्जलीका लागि परराष्ट्रमन्त्री कमल थापाका अलवा श्रम तथा रोजगार मन्त्रालयका सरकारी अधिकारीहरु पनि पुगेका थिए । प्रकाशित : असार ८, २०७३ १५:५९
पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली
भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर
पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com