विद्यालय स्रेस्तामा मात्रै सञ्चालन

विद्यालय स्रेस्तामा मात्रै सञ्चालन

Play all audios:


संखुवासभा — चीनको सीमावर्ती चेपुवा-९ थुदामको दूधपोखरी प्रावि सरकारी 'श्रेस्तामा मात्र' सञ्चालन भएको छ । भवनअभाव र शिक्षक नियमित नबस्दा विद्यालय श्रेस्तामा मात्र रहेको हो । <?xml


encoding="UTF-8"??> विद्यालय श्रेस्तामा सीमित भएपछि गाउँका ५० बढी बालबालिका अध्ययनबाट वञ्चित छन् । दूधपोखरी प्रावि २८ वर्षअगाडि स्थापना गरिएको हो । विद्यालयमा हालसम्म भवन नै


छैन । थुदामका २९ परिवारका बालबालिका अध्ययन गरिरहेको श्रेस्तामा देखाउने गरे पनि वषर्ाैंदेखि एक जना शिक्षक पनि नपुगेको गाउँले बताउँछन् । विद्यालयमा ३ शिक्षक दरबन्दी रहे पनि न्यून विद्यार्थी


संख्याका कारण शिक्षा समितिको निर्णयले दुई जनालाई अन्यत्र काजमा राखेको छ । शिक्षक ज्ञानराज खनाल सदरमुकाम खाँदबारीको मंगलादेवी प्राविमा कार्यरत रहेको र अर्का एक जना कहाँ काजमा छन्, जानकारी


नभएको शिक्षा कार्यालयले बतायो । दुई वर्षअघि लाक्पारिदर भोटेलाई शिक्षा कार्यालयले खटाएको छ । तत्कालीन राजा वीरेन्द्रको थुदाम भ्रमणका बेला २०३६ मा बिद्यालय स्थापना भएको हो । विद्यालय


श्रेस्तामा रहे पनि विद्यालय भवन र विद्यार्थी थिएनन् । तीन जना शिक्षक भने दरबन्दीमा थिए । हाल २३ विद्यार्थी अस्थायी टहराको कोठामा बसेर वर्षमा चार महिना पढ्दै आएको शिक्षक लाक्पारिदर भोटेले


बताए । स्थानीय भने लाक्पारिदर भोटे पनि विद्यालय नपुग्ने र पठनपाठन नगराएको बताउँछन् । ३ हजार ३ सय मिटर उचाइको थुदाममा असोजदेखि वैशाखसम्म हिमपातका कारण घरबाहिर निस्कन मुस्किल पर्छ । यो समय


गाउँमा मानव गतिविधि शून्य हुन्छ । वर्षमा ४ महिनामात्र हिउँ पग्लने थुदाममा त्यो समयमा पनि पठनपाठन नहुने स्थानीय छेन्डुम भोटे बताउँछन् । ६ वर्ष पहिले थुदाम दरबन्दी भएका शिक्षक जयबहादुर


घिमिरेका अनुसार विद्यालयमा विद्यार्थी नै नभएपछि कसलाई पढाउने ? उनी श्रेस्ता मिलाएर तलब खाने काममात्र गरेको स्मरण गर्छन् । थुदाममा दरबन्दी लिएर पुग्ने शिक्षकहरूका अनुसार गोठाला बच्चाबच्चीको


नाम विद्यार्थीको रूपमा तथ्यांक राखेर शिक्षा कार्यालयमा पेस गरिन्छ । वर्षभर पठनपाठन भएको श्रेस्ता बनाउँदै विद्यालय सञ्चालन भएको देखाउने गरिन्छ । जिशिअ दीर्घध्वज चापागाईं शिक्षा नियमावलीअनुसार


४० भन्दा कम विद्यार्थी भएका विद्यालयमा एक जनामात्र शिक्षक राख्ने व्यवस्थाअनुसार एक शिक्षक खटाएको बताउँछन् । सदरमुकाम खाँदबारीबाट ५६ कोस उत्तरको विकट सीमावर्ती गाउँ भएकोले थुदाममा कोही पनि


पुग्दैनन् । त्यसैले विद्यालय भए/नभएको विषयमा कसैलाई जानकारी नभएको स्थानीय नुर्वु भोटेले बताए । यस्ता दुर्गम गाउँ विद्यार्थीलाई सरकारले पूर्ण छात्रवृत्तिमा सुविधा सम्पन्न ठाउँमा लगेर पठनपाठन


गराउनु उचित हुने भोटखोला क्षेत्रका अगुवा छिन्डुम, वाङ्छेदर र फिन्जो भोटे राय दिन्छन् । उनीहरू थुदाममा विद्यालय सञ्चालन हुन नसक्ने भन्दै यहाँका गोठाला बालबालिकालाई अन्यत्र सार्नुपर्ने तर्क


राख्छन् । कक्षा ५ सम्मको स्वीकृत विद्यालय भए पनि सानो गाउँ र पूर्वाधार अभावमा विद्यालय सञ्चालन हुने अवस्था छैन । २०४५ मा विद्यालयले पाएको भूकम्प ब्लकका सामान आधा पनि विद्यालय पुगेनन् । धेरै


उचाइको क्षेत्र र अधिक थुदामवासी चौरीपालन र काठको तिब्बत निकासी गर्छन् । उनीहरूको मुख्य पेसा नै नेपालका काठ चीनको रियु पुर्‍याएर बेच्नु हो । त्यसैले सबै बालबालिका चौरी गोठाला र अभिभावक काठको


व्यापारमा लाग्छन् । प्रकाशित : जेष्ठ १२, २०६७ ०८:१४ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर


राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा


पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright


ekantipur.com