
४६ पालिकाले बुझाएनन् राजस्व
Play all audios:

गण्डकी — स्थानीय तहअन्तर्गत संकलित राजस्व ४० प्रतिशत प्रदेश सरकारलाई बुझाउनुपर्ने प्रावधान छ । तर प्रायः पालिकाले प्रदेश सरकारलाई राजस्व नबुझाएको पाइएको छ । <?xml
encoding="UTF-8"??> गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ४६ पालिकाले राजस्व बुझाएनन् । प्रदेशमा ८५ पालिका छन् । कतिपय पालिकामा
राजस्व संकलन नभएकाले पनि नबुझाएको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए । संकलित राजस्वको केही हिस्सा प्रदेशलाई पनि दिनुपर्छ भन्ने जानकारी नभएकाले नबुझाइएको उनको भनाइ छ । एउटा
महानगरसहित गण्डकी प्रदेशमा २६ वटा नगरपालिका र ५८ गाउँपालिका छन् । तीमध्ये ३९ वटा पालिकाले प्रदेशलाई राजस्व बुझाएका छन् । पोखरा महानगर र वालिङ नगरपालिकाले मात्र मनोरञ्जन कर बुझाएका छन् । साथै
पोखरा महानगरपालिका, बागलुङ नगरपालिका र गैंडाकोट नगरपालिकाले मात्रै विज्ञापन कर बुझाएको मन्त्रालयले जनाएको छ । गोरखाका ११ पालिकामध्ये आठले मात्र ढुंगा–गिट्टीको राजस्व बुझाएको मन्त्रालयका
प्रवक्ता निरन भट्टराईले बताए । लमजुङका ९ मध्ये ४, तनहुँका १० मध्ये ६, स्याङ्जाका ११ मध्ये ८, कास्कीका ५ मध्ये ३, मनाङका ४ मध्ये एउटा, मुस्ताङका ५ मध्ये एउटा र म्याग्दीका ६ पालिका कसैले पनि
कर बुझाएका छैनन् । पर्वतका ७ मध्ये ४, बागलुङका १० मध्ये २ र नवलपरासीका ८ मध्ये दुई वटाले मात्र राजस्व बुझाएका छन् । भट्टराईका अनुसार दहत्तर, बहत्तरअन्तर्गत १० करोड ४९ लाख ६५ हजार २८४,
मनोरञ्जनतर्फ १३ लाख ९० हजार ४२२ र विज्ञापनतर्फ ३५ लाख २१ हजार ५६० रुपैयाँ संकलन भएको छ । राजस्व नबुझाउने स्थानीय तहको अनुदान काटिने उनले बताए । ‘राजस्व नबुझाउने पालिकाको अनुदान काट्दै आएका
छौं,’ भट्टराई भन्छन् । कोभिड–१९ का कारण गरिएको लकडाउनका कारण राजस्व संकलन ७० प्रतिशत प्रभावित भएको गुरुङले बताए । भने, ‘व्यापार, व्यवसायी, उद्योग, कलकारखाना सबै ठप्प भएपछि राजस्व उठेन ।
राजस्व उठ्ने भनेको यातायात क्षेत्र हो, त्यो नै प्रभावित भयो । त्यसैले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकिएन,’ उनले भने । पछिल्लो समय पालिकाले प्रदेशलाई बुझाउनुपर्ने राजस्व रकम नबुझाए
महालेखापरीक्षकले बेरुजुमा राखिदिने भएपछि पहिलो वर्षको तुलनामा दोस्रो वर्षमा राजस्व बुझाउने पालिकाको संख्या बढेको मन्त्री गुरुङले बताए । यसरी नै प्रदेशले स्थानीय तहलाई बुझाउनुपर्ने सवारी साधन
कर भने दुई पटक गरेर बुझाएको छ । प्रकाशित : आश्विन २७, २०७७ ०६:५९ कान्तिपुरका स्तम्भहरु * Ekantipur is dedicated to keeping its readers well-informed about the dynamic world of business,
finance, and economics. We cover Nepal's economic landscape, financial markets, and entrepreneurial endeavors comprehensively. Our coverage includes breaking news on Nepal's
economic policies, political decisions, monetary plans, and budgets, as well as international economics, banking, money markets, stock exchanges, and more. Whether you're an investor
looking for the latest updates on the Nepal Stock Exchange or a business enthusiast interested in the success stories of entrepreneurs, we've got it all. Explore our coverage of IPO
openings and results, Nepal's remittances, and their role in the national economy, and stay updated on the government of Nepal's economic initiatives and their impact on the local
economy. हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका
विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000
+977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com