रक्षाबन्धनकाे अवसर पारेर रिलिज हुँदै 'चपली हाइट २'

रक्षाबन्धनकाे अवसर पारेर रिलिज हुँदै 'चपली हाइट २'

Play all audios:


काठमाडौं — फिल्मका कास्ट एन्ड क्रुका कारण प्रतीक्षित बनेको 'चपली हाइट २' भोली बिहीबार नै रिलिज हुन लागेको छ । सामान्यतया शुक्रबार फिल्म रिलिज हुने भएपनि भोली रक्षाबन्धन परेको र


सार्वजनिक बिदा पनि हुने भएकाले सोही अवसरलाई क्यास गर्न फिल्म रिलिज हुन लागेको हो । <?xml encoding="UTF-8"??> यसअघि पनि विनीता बराल अभिनीत 'चपली हाइट' ले पनि खुबै


चर्चा बटुलेको थियो । सिक्वेलमा भने यसपटक आयुष्मान देशराज जोशीले दुई नायिका पारमिता राज्यलक्ष्मी राणा र मरिष्का पोखरेलसँग रोमान्स गर्दै छन् । 'चपली हाइट २' को 'गल्ती गरौं


न...' बोलको भिडियो रिलिज भएपछि निकै चर्चामा रहेको थियो । जसमा आयुष्मानले पारमितालाई 'गल्ती' गर्नका लागि उकासिरहेका थिए । रिभर साइड र स्विमिङ पुलमा फिचरिङ गरिएको उक्त गीतमा


आयुष्मान र पारमिताको जोडीलाई हट अवतारमा प्रस्तुत गरिएको थियो । दुवै यसै फिल्मबाट डेब्यु गर्न लागेका हुन् । आयुष्मान सामाजिक सञ्जालमा समेत राम्रो फ्यान फलोइङ भएका सेलेब हुन् भने रिलमा


प्रेमिकाका रूपमा रहेकी पारमिता रियलमा पनि उनकी प्रेमिका हुन् । यस फिल्मका निर्देशन दिपेन्द्र के खनालले गरेका हुन् । प्रकाशित : भाद्र १, २०७३ २०:५२ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो


वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र


विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य


प्रकाशनहरु © Copyright ekantipur.com