सन्नी देओलका कान्छा छोरा पनि बलिउडमा डेब्यु गर्दै

सन्नी देओलका कान्छा छोरा पनि बलिउडमा डेब्यु गर्दै

Play all audios:


कोभिडबीच फिल्म निर्माणको संख्या घटे पनि बलिउडमा स्टार किडको डेब्यु भने रोकिएको छैन । अभिनेता सन्नी देओलका कान्छा छोरा राजवीर देओल पनि बलिउड डेब्यु गर्दैछन् । हालै राजश्री प्रोडक्सनसँग


जोडिएका उनी प्रेमकथामा बन्दै गरेको फिल्म मार्फत पर्दामा देखिँदैछन् । <?xml encoding="UTF-8"??> यो फिल्म राजवीरको मात्र नभएर निर्देशनका हिसाबले अविनाश बड्जात्याको पहिलो


निर्देशकीय फिल्म हुनेछ । फिल्मको कथा उनले नै लेखेका हुन् । 'राजीव एकदमै मिहेनती छ । जति-जति म उसँग फिल्मको विषयमा कुराकानी गर्छु उसलाई फिल्मको हिरो देख्छु,' अविनाशले द हिन्दुस्तान


टाइम्सलाई भनेका छन् । फिल्मको टिम अहिले अभिनेत्रीको खोजीमा छ । धरमेन्द्रले नाति फिल्ममा खेल्दै गरेको खुसी सामाजिक सञ्जाल ट्विटरमा व्यक्त गरेका छन् । 'मेरो नाति राजवीर फिल्म क्षेत्रमा


डेब्यु गर्दैछ । ऊसँगै अविनाशले पनि डेब्यु गर्दैछन् । मेरा दुई छोरालाई दिनुभएको प्रेम नातिलाई पनि दिनुहोला ।,' धमेन्द्रले लेखेका छन् । सन्नी लेख्छन्, 'मेरो छोरो राजवीरले अभिनयको


यात्रा सुरू गरेको छ । राजश्री प्रोडक्सनले राजवीर र अविनाशलाई बजारमा ल्याउँदैछ । उनीहरुको यात्रा प्रतिक्षित बनेको छ ।' युकेमा थियटर पढेका राजवीरले सहायक निर्देशक भएर काम गरेका छन् ।


राजवीरका दाई करण देओलले 'पल पल दिल के पास'बाट अभिनय यात्रा सुरु गरेका थिए । उनी अब सन्नी र बबी देओलसँग 'अपने–२'मा देखिँदैछन् । प्रकाशित : चैत्र १८, २०७७ १५:२५ कान्तिपुरका


स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका


विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000


+977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com