
उकालो चढ्दा किन गाह्रो?
Play all audios:

काठमाडौं — उकालो बाटो हिँड्दा हामीलाई एकदम गाह्रो हुन्छ, स्वाँस्वाँ आउँछ र हामी थाक्छौं । तर त्यहीँबाट ओर्लंदा हामीलाई सजिलो लाग्छ, चाँडोचाँडो ओर्लन्छौं । जस्तो भर्याङ चढ्दा हामी छिटोछिटो
चढ्न सक्दैनौं । तर ओर्लंदा छिटोछिटो ओर्लन्छौं । <?xml encoding="UTF-8"??> यसको मुख्य कारण के हो भने पृथ्वीमा एक प्रकारको चुम्बकको जस्तो तान्ने शक्ति हुन्छ । यही शक्तिले गर्दा
पृथ्वीको प्रत्येक चिजलाई आफूतिर तानिरहेको हुन्छ । पृथ्वीको यस्तो शक्तिलाई गुरुत्त्वाकर्षण भनिन्छ । पहाडबाट तलतिर ओर्लिंदा पृथ्वीको यही गुरुत्त्वाकर्षण बलले हामीलाई आफूतिर तानिरहने भएकाले
पहाडबाट ओर्लन सजिलो लाग्छ । जस्तो हाम्रो कम्मरमा डोरीले बाँधेर कुनै मान्छेले तान्यो भने त्यो मान्छेले तानेकोतिर जान हामीलाई सजिलो हुन्छ तर त्यसको ठीक उल्टो नतानेकोतिर जबर्जस्ती भाग्न खोज्यौं
भने हामीलाई गाह्रो हुन्छ । त्यस्तै उकालो चढ्दा पृथ्वीले हामीलाई तानिरहेको बलको विपरीत बाहिर जान खोजिरहेको हुन्छौं । यसरी पृथ्वीको शक्तिले तानिरहेको दिशाको उल्टो चढ्नुपर्दा हामीले बल
गर्नुपर्ने हुन्छ । बल गर्दा खुट्टाको मासु दुख्न थाल्छ । सास पनि छिटोछिटो लिनुपर्ने हुन्छ र स्वाँस्वाँ हुन्छ । _(बालविज्ञान प्रश्नोत्तरबाट) _ प्रकाशित : आश्विन २९, २०७४ ०९:०१ कान्तिपुरका
स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका
विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000
+977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com