१ शिक्षिका र २ विद्यार्थीको भरमा विद्यालय

१ शिक्षिका र २ विद्यार्थीको भरमा विद्यालय

Play all audios:


अछाम — बान्नीगढी जयगढ गाउँपालिका १ कुण्डाली गाज्रास्थित पवन आधारभूत विद्यालयमा कक्षा २ सम्म पढाइ हुन्छ । त्यहाँ कक्षा १ र २ मा १० जनामात्र भर्ना भएका छन् । तर, नियमित आउने १ कक्षाको १ र २


कक्षाको १ गरी २ मात्रमात्र विद्यार्थी छन् । <?xml encoding="UTF-8"??> ती २ विद्यार्थी पढाउने १ शिक्षिका प्रधानाध्यापक भजन रावल शाह हुन् । शिक्षिका विद्यालय आएको दिन ती २ जना


विद्यार्थी पढ्न पाउँछन् । नत्र उनीहरूलाई पनि बिदा । उनीहरू पढन नआएको दिन शिक्षिकाको पनि स्वत: बिदा हुन्छ । २ वर्षअघि सोही विद्यालयमा बालविकास केन्द्र पनि गाभिएको थियो । उक्त केन्द्रको


कक्षामा भने ३ बालबालिका नियमित पढन आउँछन् । ५ वर्ष अगाडि बालविकास केन्द्रमा २५ जना पढन आउँथे । पवन आधारभूतमा ४ कक्षासम्म पढाइ हुन्थ्यो । यति बेला गाउँ बस्ने परिवार नै कम हुँदै गएपछि


विद्यार्थी संख्या पनि घटेको हो । ‘भएका बालबालिका पनि निजी विद्यालय जाने भएकाले अवस्था झनै खस्कँदै गयो,’ बालविकास केन्द्रकी शिक्षिका सत्य कुवर खडकाले भनिन्, ‘सुरुमा बालविकास केन्द्रमा नै २५


बाबुनानीहरू आउँथे । अहिले त ३ जनामात्र छन् ।’ धेरैजसो तराईमा बसाइँ सरे, भएका पनि धेरै निजी विद्यालयमा जान थालेपछि संख्या घटेको उनले सुनाइन् । बालविकास केन्द्रमा पढाउने शिक्षकले ३ बजेसम्म


बस्नैपर्ने सरकारी नियम भए पनि विद्यार्थी नआएको दिन एक्लै समय बिताउन गाह्रो हुने उनको भनाइ छ । बालविकास केन्द्र विद्यालयमा गाभिँदा मुस्किलले जम्मा भएका विद्यार्थी ५ जनासम्म हुन्छन् । विद्यालय


भवन त छ त्यो पनि जीर्ण भइसक्यो । विद्यालय वरिपरि झारपात पलाएको छ । विद्यार्थी पढ्ने ठाउँ गाईगोरु चराउने थलो बन्यो । विद्यार्थी संख्या घटदै जाँदा शिक्षक दरबन्दी पनि घट्यो । ४ कक्षासम्म पढाइ


हुने बेलासम्म ३ शिक्षकको दरबन्दी थियो । हाल १ जनामा सीमित भएको छ । पहिले धेरै राम्रो पढाइ हुने त्यो विद्यालयमा जनाली कोटपारी गाज्रा, बेलपाटासम्मका विद्यार्थी आउने स्थानीय अप्सरा खडकाले


बताइन् । ‘त्यो विद्यालयबाट पढेका धेरै विद्यार्थीले निकै प्रगति गरे,’ उनले भनिन्, ‘अहिले विद्यालयको त्यो अवस्था रहेन, राजनीति गर्ने थलो बन्यो ।’ निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढेकाले


पनि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेको स्थानीयको बुझाइ छ । त्यो विद्यालयमा विद्यार्थी संख्या हात्तै घटेपछि नजिककामा गाभ्ने कुरा चले पनि राजनीतिक पहुँचका आधारमा २ जना विद्यार्थीका


भरमा चलेको स्थानीय बताउँछन् । अभिभावक, राजनीतिक दल र अन्य सरोकारवालाको चरम लापरबाहीले विद्यालयको अवस्था नाजुक बनेको धेरैको ठहर छ । चुनावताका भोट माग्न जाँदा सबै उम्मेदवारले विद्यालयको


अवस्थामा सुधार ल्याउँछौं भन्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कसैले महत्त्वमा परेको छैन । प्रकाशित : पुस ११, २०७४ ०६:५५ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय


दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस्


» उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com