
हरेक वर्ष बैशाख २ गते विद्यार्थी भर्ना दिवस मनाइने
Play all audios:

काठमाडौँ — सरकारले हरेक वर्षको वैशाख २ गतेलाई विद्यार्थी भर्ना दिवसका रूपमा मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्ष बैशाख २ गते विद्यालयमा बालबालिका भर्ना
दिवस मनाउने निर्णय गरेको हो । <?xml encoding="UTF-8"??> त्यस्तै बैठकले प्रत्येक वर्ष बैशाख २ गतेदेखि १६ गतेसम्म देशभर विद्यार्थी भर्ना अभियान कार्यक्रम सञ्चालन गर्ने निर्णय
गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भर्ना अभियान सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेका थिए । ‘सबै बालबालिकालाई विद्यालय पठाऔँ, नेपाललाई शिक्षित देश बनाऔँ’ भन्ने नाराका साथ
प्रत्येक वर्ष दिवस र अभियान मनाउने निर्णय भएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ । गतवर्ष पनि सरकारले विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गरेको थियो । जसमा प्रधानमन्त्री, अन्य मन्त्री, सांसद
देखि विभिन्न अभियान्ताले विद्यालय बाहिर रहेका बालबालिकाको अभिभावकत्व ग्रहण गरेर स्कुलमा भर्ना गराएका थिए । सरकारले यसवर्ष पनि अभिभावत्क ग्रहण गरेका बालबालिकाको पठनपाठनमा सहयोगका लागि
निरन्तरता दिन आहृान गरेको छ । त्यस्तै अन्य बालबालिकालाई भर्ना गराउन सहयोगको अपिल गरिएको हो । अझै ६० हजारभन्दा बढी विद्यालय उमेर समूहमा बालबालिका कक्षाकोठा बाहिर रहेको आँकडा छ । प्रकाशित :
वैशाख ३, २०७६ १५:५३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना
प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं,
नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com