
रेडियो सञ्चालकको हत्याको बिरोधमा तुलसीपुर बजार बन्द/ रेडियोमा शोकधुन
Play all audios:

दाङ — सामुदायिक एफएम रेडियो तुलसीपुर सञ्चालक समितिका अध्यक्ष देवीप्रसाद धिताल (हेमराज) गोली हानी हत्य भएको बिरोधमा आज बिहानैदेखि तुलसीपुर बजार बन्द गरिएको छ । <?xml
encoding="UTF-8"??> तुलसीपुर उद्योग बाणिज्य संघको आकस्मी बैठकले आज उद्योग, कलकारखाना, लगाएत सम्पूर्ण व्यपार व्ययवसाय बन्द गर्ने निर्णय गरेको संघका सचिव बिष्णु पुनले जानकारी
दिनुभएको छ । यसैगरी रेडियो तुलसीपुरले आज बिहानैदेखि शोकधुन बजाइरहेको छ । आज दिनिभर नै शोकधुन बजाइने रेडियोका स्टेशन म्यानेजर अर्जुन गिरीले जानकारी दिनुभएको छ । हत्याको बिभिन्न सञ्चार तथा
व्यवसायिक संघ संगठले भत्र्सना गरेका छन् ।कामको सिलसिलामा उरहरी गएर र्फकने क्रममा उरहरी ४ हेमनगरमा उहाँलाई गएराती पौने ८ बजे दुई गोली हानी हत्या गरिएको थियो । मोटरसाइकलमा रहेका धिताललाई ४/५
जनाको संख्यामा रहेको समूह गोली हानेर भागेको जिल्ला प्रहरी प्रमुख एसपी ठाकुरप्रसाद ज्ञवालीले बताएका छन् । अहिले जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मण गिरीको संयोजकत्वमा एक अनुसन्धान टोली
गठन गरी घटनास्थलमा खटाइएको जिल्ला प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिनुभएको छ ।के कस्तो गोली प्रयोग भएको र कसले हत्या गरेको भन्नेबारे केही थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
धिताललाई पोष्टमार्टमका लागि अहिले तुलसीपुरबाट राप्ती उपक्षेत्रिय अस्पपताल घोराही ल्याइदैछ ।४२ बषिर्य धितालका २ छोरी र एक श्रीमती छन् । सामाजिक सेवामा समेत आवद्ध धिताल बिगत ५ बर्ष्ादेखि
रेडियो तुलसीपुरका सञ्चार सेवा तुलसीपुरको अध्यक्ष पदमा कार्यरत हुनुहून्थ्यो । तुलसीपुर क्षेत्रमा सात महिना यता ब्यापक चन्दा आतंक र लुटपाटका घटना हुँदै आएका छन् । बिभिन्न भूमिगत समूहले
व्यापारीसँग चन्दा असुल्ने र बम पड्काएर धम्की दिने कार्यले व्यापारीमा भय छाइरहेको बेला यो घटना भएको छ । प्रकाशित : श्रावण ७, २०६७ ०८:४८ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस
१६, २०६७ पुस १६, २०६७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व,
सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली
काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com