
प्रदेश १
- Select a language for the TTS:
- Hindi Female
- Hindi Male
- Tamil Female
- Tamil Male
- Language selected: (auto detect) - HI
Play all audios:

छथर गाउँपालिकाले सय जना बेरोजगार युवायुवतीलाई रोजगार बनाएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत विकास निर्माणका काममा गाउँपालिकाले रोजगारी दिएको हो ।
प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गाडी खरिद गर्ने ठेक्का खारेज गरेको छ । मन्त्रालयले नेपाल प्रहरीका लागि सुरक्षामा प्रयोग गर्न १२ थान पिकअप भ्यान खरिद गर्ने प्रक्रिया अगाडि
बढाएको थियो । ‘फोर डब्लू डी डबल क्याप पिकअप’ खरिद गर्न मन्त्रालयले गत २०७५ चैतमा टेन्डर आहवान गरेको थियो ।
निजी आवास पुनर्निर्माण लाभग्राहीलाई नेपाल सरकारले प्रदान गर्ने सरकारी अनुदान सम्झौता जेठ मसान्तसम्म सम्पन्न गर्न सरकारले आग्रह गरेको थियो । यस समयमा विभिन्न कारणले सबै पीडितको गुनासो
नसमेटिएकाले पुनः म्याद थप गरेको छ ।
सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने लहड चलिरहेका बेला यसले पार्ने प्रभावका विषयमा गम्भीर बन्नुपर्ने सरोकारवालाले बताएका छन् । बिना योजना र तयारी विद्यार्थीको संख्या थप्ने बहानामा
देशव्यापी रूपमा अंग्रेजीलाई माध्यम बनाइरहँदा विद्यार्थीले अपेक्षाकृत उपलब्धि हासिल गर्न नसक्ने तर्क उनीहरूको छ ।
अनुमतिभन्दा बढी खोलाजन्य वस्तु उत्खनन गरेको भन्दै जिल्ला समन्वय समिति मोरङले एकीकृत भन्सार जाँच चौकी (आईसीपी) लाई जरिवाना गर्ने भएको छ ।
उदयपुरको कटारी नगरपालिका-४ मरुवाकी १ महिलाको आइतबार घाँटी रेटी हत्या भएको छ । श्रीमान् ३१ वर्षीय प्रधान राईले कान्छी श्रीमती ल्याएपछि अलग्गै बसेकी ३० वर्षीया सीता राईले आफ्नी सौता २० वर्षीया
लक्ष्मी राईको हत्या गरेकी हुन् ।
इटहरी उपमहनगरपालिका १६, उब्धिका मुसहर समुदायले ट्युबवेलको माग गरेका छन् । खानेपानीको समस्याको विषयमा पटकपटक जानकारी गराउँदा पनि चासो नदिएको स्थानीयको गुनासो छ ।
प्रदेश १ को सरकारले आगामी वर्षको बजेटमार्फत जग्गा रजिस्ट्रेसनमा विभिन्न खाले छुट दिएको छ । जनआन्दोलन, मधेस आन्दोलनका सहिदका आश्रित परिवार पति, पत्नी, छोराछोरी तथा मातापिताको स्वामित्व
प्राप्त हुने लिखतमा सबै प्रकारको शल्क पूर्ण रूपमा छुटको व्यवस्था गरिएको छ ।
ब्वाँसोले सिरिजंघा गाउँपालिका ७, याम्फुदिनको सेसेलेमा १८ भेडा मारेको छ । ४ सय ५० वटाको समूहमा रहेको गोठमा आक्रमण गरी अधिकांश ब्याउने भेडा मारेको हो ।
०६७ सालमा मुलुकमै पहिलो पटक धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारले चारवर्षे स्नातक तहमा पोषण तथा आहार विज्ञानको कार्यक्रम सुरु गर्दा नयाँ विषयमा विद्यार्थी हौसिएका थिए ।
प्रस्तावित ‘चाइना–नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क’ का लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणका ढिलाइ भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ७ महिना बितिसक्दा पहिलो चरणको
मुआब्जा वितरण पनि पूरा गरेको छैन ।
यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र
विश्लेषणलाई समेट्छ।