गति बुझ्न गन रडार

गति बुझ्न गन रडार

Play all audios:


महोत्तरी — तीब्र गतिले सवारी दुर्घटना बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले गति कम गर्न गन रडारको प्रयोग थालेको छ । ट्राफिक प्रहरीले सवारीको गति जाँच्न गन रडार प्रयोगमा ल्याएसँगै


सवारीको गति जाँच सुरु गरेको हो ।  <?xml encoding="UTF-8"??> पूर्व–पश्चिम राजमार्ग र बीपी राजमार्गमा सवारी अत्यधिक गतिमा गुड्ने भएकाले दुर्घटना बढेको र स्थानीयले पनि गति कम


गराउन दबाब दिँदै आएकाले नयाँ उपकरणबाट गति जाँच सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीका प्रमुख प्रकाशबहादुर सिंहले बताए । महोत्तरीमा दुर्घटना बढी हुने स्थानको पहिचान


गरी ठाउँ स्थानान्तरण गर्दै विभिन्न ठाउँमा गएर सवारी गति चेक गरी सुरुमा सजग गराउने र गति कम गराउन दिएको निर्देशन पालना नगरेको पाइएमा कारबाही गरिने सिंहले बताए । महोत्तरी जिल्लामा ०७५/७६ मा १


सय ३० वटा दुर्घटनामा भएका छन् । ३१ वटा सवारी तिब्र गतिकै कारण दुर्घटना भएको र यसबाट ४६ जनाको मृत्यु भएको जिल्ला ट्रफिक प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सवारीको गति कम गराउन पटक–पटक दबाब


दिँदै आएका स्थानीय भने ट्राफिक प्रहरीले थालेको अभियानले खुसी भएका छन् । ट्राफिकको अभियानलले तिब्र गतिमा गुड्ने सवारी दुर्घटना हुँदा स्कुले विद्यार्थी सडक पार गर्न समेत नभ्याउने र सडक छेउमा


हिंड्न पनि डरलाग्दो अवस्थाको अन्त्य हुने अपेक्षा रहेको बर्दिवास ३ गौरीडाँडाका दामोदर पौडेलले बताए । सडक दुर्घटना कम गराउने उद्देश्यले २ नम्बर प्रदेशका ८ वटै जिल्लामा रडार गन वितरण गरिएको


प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ । तिब्र गतिका कारण भैरहेका दुर्घटना न्यूनीकरणका लागि गति नाप्ने यन्त्र गन रडार, ब्रेथ लाइजर र बडी क्यामेरा सबै जिल्लालाई उपलब्ध गराएको


प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । प्रकाशित : भाद्र १०, २०७६ ०९:१३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर


राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा


पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright


ekantipur.com