लाङटाङ राष्ट्रिय निकुञ्‍जमा बढ्यो अवैध गतिविधि

लाङटाङ राष्ट्रिय निकुञ्‍जमा बढ्यो अवैध गतिविधि

Play all audios:


रसुवा — लकडाउनको समयमा लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध गतिविधि बढेको छ। लकडाउन घोषणायता निकुञ्ज क्षेत्रभित्र ८ वटा अवैध गतिविधि भएका छन्। <?xml encoding="UTF-8"??>


त्यस्ता गतिविधिमा संलग्न ३७ जनालाई पक्राउ गरी निकुञ्जले कारबाही गरेको छ। निकुञ्ज क्षेत्रभित्र पसेर वन्यजन्तुको अवैध सिकार गर्ने, माछा मार्ने, काठ तथा दाउरा संकलन गर्ने, वन्यजन्तुलाई पासो


राख्ने, अवैध रुपमा भ्यागुता तथा पाहा संकलन गर्ने व्यक्तिलाई पक्राउ गरिएको निकुञ्जका रेन्जर रमेश बस्नेतले बताए। लकडाउनको समयमा सबै जना घरभित्र बसेको मौका छोपेर निकुञ्जमा प्रवेश गरी अवैध


गतिविधि गर्नेको संख्या बढेको उनले बताए। पक्राउ परेका केहीलाई नियमानुसार जरिवाना र केहीलाई पुनः यस्ता गतिविधि नगर्ने सर्तमा छोडिएको छ। अवैध गतिविधि बढ्न थालेपछि गस्ती बढाइएको निकुञ्जकी प्रमुख


संरक्षण अधिकृत सुष्मा रानाले बताइन्। २०३२ सालमा स्थापना भएको निकुञ्ज तीन जिल्लामा फैलिएको छ। जसले रसुवाको ५७ प्रतिशत, सिन्धुपाल्चोकको ३६ प्रतिशत र नुवाकोटको ७ प्रतिशत भूभाग ओगटेको छ।


निकुञ्जमा एक हजारभन्दा बढी वनस्पति, ४६ प्रकारका स्तनधारी जनावर, २ सय ५० भन्दाबढी पन्छी, ११ प्रकारका सरिसृप, ३० जातका माछा, १० किसिमका माकुरा र ५८ प्रजातिका पुतली पाइन्छ। निकुञ्जमा विश्वमानै


दुर्लभ वन्यजन्तु हिँउचितुवा, रेडपाण्डा र कस्तुरी मृगको बासस्थान रहेको छ। प्रकाशित : वैशाख १६, २०७७ २०:२८ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक


न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु


सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com