शिवरामलाई सुरुआती अग्रता

शिवरामलाई सुरुआती अग्रता

Play all audios:


काठमाडौ — नौ वर्षपछि गल्फ कोर्समा फर्किएका उमेश नगरकोटीलाई दई स्ट्रोकले पछि पार्दै शिवराम श्रेष्ठले एनपीजीए प्रेसिडेन्ट्स कप गल्फको पहिलो दिन सोमबार अग्रता लिएका छन् । <?xml


encoding="UTF-8"??> पार ६७ को रोयल नेपाल गल्फ कोर्स -आरएनजीसी) मा शिवरामले २ अन्डर ६५ को कार्ड बनाए । पाँच बर्डी प्रहार गर्दै तीन बोगी बेहोरेका उनले अघिल्ला नौ होलमा १ अन्डर ३२


र ब्याक नाइनमा १ अन्डर ३३ स्कोर गरे । घरेलु कोर्समा २५ वर्षे स्टारले ५ बर्डी प्रहार गर्दै ३ बोगी बेहोरे ।'घरेलु कोर्स भएकाले खेल्न सजिलो भयो,' पूर्वनम्बर-एक नेपाली प्रो शिवरामले


भने, 'गि्रन राम्रो स्थितिमा छ । त्यसैले दोस्रो दिन २-३ अन्डर खेल्ने लक्ष्य राखेको छु ।' सूर्य नेपाल गल्फ टुर-२०१० मा लगातार दोस्रो प्रतियोगिता जित्ने अभियानमा छन्, उनी । चार


महिनाअघि भएको घनश्याम थापा ओपन उनले जितेका थिए । सन् २००८ को टुरमा उनले सातमध्ये ५ उपाधि कब्जा गरेका थिए ।टि-शट बंकरमा हानेपछि पहिलो होलमा बोगी खेप्दै शिवरामले खेल सुरु गरे । १५ फिट दूरीबाट


पट मिस गरेपछि पाँचौं होलमा उनी बोगीमा परे । तेह्रौंमा पनि ड्राइभर शट बाउन्ड्री बाहिर प्रहार गरेपछि बोगी बेहोर्न बाध्य भए । उनले ४, ६, ८, १० र ११ औं होलमा बर्डी आत्मसात् गरे ।सूर्य नेपाल


मास्टर्स-२००१ खेलेयता पहिलोपल्ट गल्फ कोर्स फर्केका उमेशले इभन पार ६७ खले । वैदेशिक रोजगारको क्रममा मलेसियामा रहेकाले लामो समय प्रतियोगिता नखेलेका उनले चौथो होलमा बर्डी प्रहार गरे पनि पहिलो र


पाँचौंमा बोगी बेहोर्दै अघिल्ला नौ होलमा १ ओभर ३४ स्कोर गरे । ११ वर्षअघि प्रो कार्ड लिएयता तीन प्रतियोगिता खेलेका उनले पछिल्ला नौ होलमा १ अन्डर ३३ स्कोर गरे । अन्तिम होलमा बोगीमा पर्नुअघि


उनले १० र १२ औंमा बर्डी प्रहार गरेका थिए ।गत वर्षको टुरको नम्बर-एक रवि खडका र सञ्जय लामा समान १ ओभर ६८ को स्थितिमा संयुक्त तेस्रोमा छन् । रविले प|mन्ट नाइन र सञ्जयले ब्याक नाइनमा १-१ ओभर


खेले । दिनको एकमात्र बर्डी १७ औं होलमा गरेका रविले ६ र १६ औं बोगी खेले । १६ औंमा डबल बोगी, ५ र १२ औंमा बोगीमा परेका सञ्जयले १, १० र १७ औंमा बर्डी बनाए ।प|mन्ट नाइनमा २ ओभर खेले पनि पछिल्ला


नौ होलमा इभन पारमा रहेका राम थापा कुल २ ओभर ६९ मा शीर्ष ५ मा अटाए । उनीभन्दा एक स्ट्रोकपछि छैटौंमा डिफेन्डिङ च्याम्पियन रमेश नगरकोटी छन् । चार ओभर ७१ खेल्दै मणि राई, सीबी भण्डारी, दीपक


न्यौपाने, सूर्य शर्मा र यलम्बर अधिकारी संयुक्त सातौंमा छन् । सूर्य नेपाल मास्टर्स-२०१० का प्रोतर्फ पहिलो भएका रूपक आचार्य ८ ओभर खेल्दै १६ औंमा रहे ।व्यावसायिक गल्फमा डेब्यु गरेका रमेश


अधिकारीले ७३, ध्रुव केसीले ८१ र सुमन राईले ८५ स्ट्रोक खेले । आठ ओभर ७५ स्कोर गरेका रविन राणा एमेच्योरतर्फ पहिलो स्थानमा छन् । दुई स्ट्रोकपछि टासी छिरिङ र ११ ओभर ७८ मा विकास बोगटी छन् ।


तीनदिने प्रतियोगितामा २५ प्रो र १९ एमेच्योर छन् । सर्वाधिक १९ प्रो र नौ एमेच्योर आरएनजीसीका छन् । प्रकाशित : कार्तिक १६, २०६७ ०९:२२ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस


१६, २०६७ पुस १६, २०६७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व,


सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली


काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com