
प्रयोगमा नआउँदै विद्यालयका शौचालय जीर्ण
Play all audios:

बैतडी — पानीको व्यवस्था नहुँदा जिल्लाका अधिकांश विद्यालयमा निर्माण भएका शौचालय प्रयोगमा आएका छैनन् । <?xml encoding="UTF-8"??> पानीको अभावमा सरकारी- गैरसरकारी निकायबाट करोडौं
लगानीमा निर्मित शौचालय प्रयोगमा नआउँदै जीर्ण बनेका छन् । विद्यालयको वातावरण प्रदूषित भएको छ । जिल्लाका साढे पाँच सय विद्यालयमध्ये अधिकांशमा पानीको अभाव छ । जिल्ला शिक्षा कार्यालय र डिभिजन
खानेपानी कार्यालयको तथ्यांकअनुसार ५ सय ४९ विद्यालयमध्ये ३ सय ८० विद्यालयमा शौचालय छन् । त्यसमध्ये पानी अभावले २ सय ७३ प्रयोगमा नआएको हुन् । जिल्लाकै पुरानो डिलेश्वरी उच्च माविका पानीको
व्यवस्था नहुँदा दुई वर्षअघि बनेका शौचालयमा ताला लगाएको शिक्षक शेरसिंह महराले बताए । 'निर्माण भएदेखि ताला खुलेको छैन', महराले भने, 'खुला ठाउँमा दिसापिसाब गर्दा विद्यालय
दुर्गन्धित हुने गरेको छ ।' खानेपानीको व्यवस्था नहुँदै शौचालय निर्माण भएकाले प्रयोग हुन नसकेको अभिभावकहरूको गुनासो छ । 'विद्यार्थीले पिउने पानीसमेत घरबाट बोकेर लैजाने स्थिति छ
।' खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका सचिव चक्रप्रसाद शर्माले भने, 'खानेपानी र शौचालय सँगै बनाउनु आवश्यक छ ।' कामै नगरी खर्च देखाउने प्रवृत्तिले विद्यालयको वातावरण सुधार
हुन नसकेको अभिभावकको आरोप छ । वस्तुस्थितिमा ध्यान नदिई शौचालय बनाउने गरेकाले प्रयोग हुन नसकेको नागरिक अगुवा पृथ्वीराज अवस्थी बताउँछन् । 'राजनीतिक भागबन्डाका आधारमा बजेट बाँडफाँड हुन्छ,
गएको बजेट पनि अन्यत्रै खर्च गरिन्छ ।' अवस्थीले भने, 'खानेपानी र शौचालय छुट्टाछुट्टै विद्यालयमा दिने गरिएको छ ।' हाटस्थित शिक्षोदय प्रावि विशालनगरमा गैरसरकारी संस्थाले ४ कोठे
पक्की शौचालय निर्माण गरे पनि प्रयोगमा आउन सकेको छैन । 'नजिकमा पानीको मुहान नै छैन ।' स्थानीय वीरबहादुर गडालले भने, 'अभिभावकले पानीको व्यवस्था गर्न सक्ने स्थिति छैन ।'
शिक्षा कार्यालयले गत आर्थिक वर्षमा निर्माणतर्फ मात्रै ८ करोड १० लाख रुपैयाँ खर्च गरेको छ । भवन निर्माण बापत जिल्लाका ३८ विद्यालयमा २ करोड ४७ लाख, छात्रा शौचालय निर्माणमा १ सय ३ विद्यालयमा २
करोड ६० लाख, वाह्य वातावरण व्यवस्थापनमा ९१ विद्यालयलाई १ करोड ८२ लाख, भवन मर्मत बापत ७० विद्यालयलाई एक-एक लाखका दरले रकम वितरण गरेको छ । शिक्षा अधिकारी भीमबहादुर साउदले भने, 'अधिकांश
ठाउँमा खानेपानीको अभाव छ, विद्यालयको वातावरण सुधार गर्न सबै निकायले लाग्न जरुरी छ ।' प्रकाशित : वैशाख १९, २०६९ १७:४५ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस
१६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि,
भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल
+977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com