संविधान निर्माणको विधि छोटो बनाउन सहमति

संविधान निर्माणको विधि छोटो बनाउन सहमति

Play all audios:


काठमाडौ — संविधान निर्माणको निर्धारित जेठ १४ को मिति छोट्टएिकोले राजनीतिक दलहरु संविधान निर्माणको विधि छोट्याउन सहमत भएका छन् । दलहरुले अन्तरिम संविधानको धारा ७० लाई संशोधन गरेर अघि बढ्ने


निर्णय गरेका छन् । <?xml encoding="UTF-8"??> निर्धारित कार्यतालिका र संवैधानिक व्यवस्था अनुसार अब बाँकी ४९ दिनको अवधिमा संविधान निर्माण हुन नसक्ने भएकाले दलहरु संविधान संशोधन


गर्न लागेका हुन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सोमबार बसेको सर्वदलीय बैठकले संविधान निर्माणको प्रक्रिया छोट्याउने निर्णय गरेको हो । धारा ७० मा विधेयक पारित गर्ने विधि बारे उल्लेख


गरिएको छ । बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले अहिलेको कार्यतालिका अनुसार जेठ १४ भित्र संविधान ल्याउन समस्या पर्ने भएकाले छोटो बाटो तय गर्नका लागि संविधानको धारा ७० संशोधन गर्ने सहमति भएको


बताए । सर्वदलीय बैठकको निर्णयलाई कानूनी मान्यता दिन व्यवस्थापिका संसदको कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्नुपर्ने छ । प्रकाशित : चैत्र २७, २०६८ १३:२४ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६,


२०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार,


मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस


पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com