
अभियुक्तको पनि हस्ताक्षर रहने भो नयाँ संविधानमा
Play all audios:

काठमाडौ — संविधानसभाले जारी गर्ने नयाँ संविधानमा हस्ताक्षर गर्न पाउनु एउटा व्यक्तिका लागि ठूलो प्रतिष्ठाको विषय हुन सक्ला । तर विभिन्न फौजदारी मुद्दा लागेका सभासदले पनि यसमा सही गर्न पाउने
भएपछि संविधानको मर्यादामा दाग लाग्ने चिन्ता कानुनविद्हरूको छ । <?xml encoding="UTF-8"??> अहिलेसम्मको स्थितिमा नयाँ संविधान जारी हुँदा यसमा हत्या, अपहरणजस्ता फौजदारी अभियोग
लागेकाको पनि सहीछाप रहने भएको छ । पुर्पक्षका लागि थुनामा परेका श्यामसुन्दर गुप्तालाई सभासदका हैसियतले मत हाल्न दिनु भन्ने सर्वाेच्चको आदेशले उनीहरूको बाटो झनै खुलेको छ । हत्याको कसुरमा
सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी सभासद बालकृष्ण ढुंगेल, हत्या अभियोगका माओवादीकै अर्का सभासद प्रभु शाह, अग्नि सापकोटा, रातो पासपोर्ट बेचेको अभियोग लागेका नारदमुनि रानालगायतको सहीछाप
पनि संविधानमा हुनेछ । 'वास्तवमा यो साह्रै गलत हो,' अधिवक्ता बाबुराम दाहालले भने, 'फौजदारी अभियोग लागेकाको सहीछाप देशको मूल कानुनमा कसै गरे पनि पर्न दिनु हुँदैन ।' कसलाई
मत हाल्न दिने/नदिने भन्ने संविधानसभाको आन्तरिक कार्यविधिमा सर्वाेच्चले नबोलेको भए राम्रो हुन्थ्यो भन्ने उनको तर्क छ । 'सभामुखले गुप्तालाई निलम्बन नगरेकाले सर्वाेच्च बोलेको हो,'
दाहालले भने, 'अझै पनि संविधानसभाले विशेष प्रस्ताव ल्याएर फौजदारी अभियोगमा परेकालाई संविधानमा मत हाल्न र हस्ताक्षर गर्न नदिने भन्न सक्छ, भन्नु पनि पर्छ ।'सभासदलाई भ्रष्टाचारको
अभियोगबाहेक अन्य फौजदारी कसुर र अभियोगमा निलम्बनसम्बन्धी कानुनी प्रावधानको अभावमा यो विकृति देखिएको हो । रातो पासपोर्ट बेचेको अभियोगमा सभासदहरू गायत्री साह, बीपी यादव र एक लाख घूस लिएको
अभियोगमा डोलबहादुर कार्की निलम्बित भएको संविधानसभा सचिवालयका कानुन महाशाखा प्रमुख टेकप्रसाद ढुंगानाले बताए । भ्रष्टाचारको कसुरमा जेल सजाय पाएका पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ता पनि
निलम्बनमा परेका छन् । 'निलम्बितहरूले मात्रै मत हाल्न पाउँदैनन्,' ढुंगानाले भने । प्रकाशित : जेष्ठ ४, २०६९ ०८:५० पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस
१६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि,
भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल
+977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com