गोली हानी असईको हत्या

गोली हानी असईको हत्या

Play all audios:


विराटनगर — सप्तरीको झुटकी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) रमेश सुब्बाको सोमबार साँझ हत्या भएको छ । मोटरसाइकलमा आएका दुईजनाले गोली हानी हत्या गरेका हुन् । <?xml


encoding="UTF-8"??> प्रहरी चौकीनजिकैको भौडाहा चोकमा बसिरहेका बेला पौने ६ बजे सुब्बामाथि गोली प्रहार भएको पूर्वक्षेत्रीय प्रहरी प्रमुख माधव जोशीले बताए । छाती र तिघ्रामा गोली


लागेका सुब्बालाई उपचारका लागि राजविराजस्थित अञ्चल अस्पताल लगिएको थियो । उनको त्यहीं मृत्यु भएको हो । घटनालगत्तै उक्त क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको थियो । हत्याको अखिल तराई मुक्ति


मोर्चाले जिम्मा लिएको छ । मोर्चाका जयकृष्ण गोइतले सोमबार साँझ सप्तरीका सञ्चारकर्मीहरूलाई टेलिफोन गरी हत्याको जिम्मा लिएका हुन् । झापाको भद्रपुर नगरपालिका–१० निवासी सुब्बा ६ महिनाअघि मात्र


सरुवा भई सप्तरी आएका थिए । उनको सप्तरीकै इलाका प्रहरी कार्यालय गोबरगाढा दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सुरज खड्काले बताए ।सप्तरीका एसएसपी उत्तमबहादुर सिंहले


घटनाको अनुसन्धान भइरहेको र गोली हान्ने व्यक्तिको खोजी भइरहेको बताए । घटनापछि सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू अञ्चल अस्पताल पुगेका


थिए । प्रकाशित : पुस २१, २०७२ ०८:३२ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको


आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी


लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com