
‘पर्याप्त नभए पनि छिट्टै कार्यान्वयन’
Play all audios:

काठमाडौं — सूचना तथा सञ्चारमन्त्री शेरधन राईले फिल्म नीति पर्याप्त नभए पनि प्रस्थानबिन्दु भएकोले छिट्टै कार्यान्वयन गराउने बताएका छन् । <?xml encoding="UTF-8"??> सोमबार फिल्म
‘आवेग’ को म्युजिक लन्च कार्यक्रममा मन्त्री राईले भने, ‘फिल्म नीति त्यति पर्याप्त र पूर्ण छैन । तर पहिलो जग भएकोले प्रस्थानबिन्दुको रूपमा सकारात्मक रूपले लिएको छु ।’ कार्यक्रममा मन्त्रीलाई
निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले एउटै मात्र काम बक्सअफिस लागू गरेर देखाउन भनेपछि उनले थपे, ‘राज्यको फिल्म क्षेत्रप्रतिको सोच, दृष्टि र योजना विल्कुलै रहेनछ । चलचित्र विकास बोर्ड आफ्नै
तालमा चल्दोरहेछ । फिल्मसम्बन्धी संघसंस्थाले मात्रै उद्योगलाई जिम्मेवार र व्यावसायिक बनाउन मिहिनेत गरेका रहेछन् ।’ मन्त्री राईले फिल्म नीतिका बारेमा आवश्यक गृहकार्य भइरहेको पनि खुलासा गरे ।
‘केही दिनभित्रै प्रभावकारी कार्यान्वयन गर्न उच्च स्तरीय अनुगमन समिति गठन गरिनेछ । यसमा अब ढिलाइ र कन्जुस्याइँ हुँदैन । ढुक्क हुनुस्,’ मन्त्रीले सेलिब्रेटी कार्ड पनि आवश्यक र अनिवार्य मान्दै
वितरण गरिने आश्वासन दिलाए । बक्सअफिस प्रणालीबारेमा भने मन्त्री राईले खासै ठोस रूपमा बोलेनन् । बरु भने, ‘बक्सअफिसको बारेमा मैले एक लाइन मात्रै सुनेको थिएँ । आज बल्ल अलि प्रष्ट रूपमा थाहा पाएँ
। यो विषय निकै महत्त्वपूर्ण रहेछ । आवश्यक छलफलपछि अघि बढाउनेछु ।’त्यसो त मन्त्रीले मन्तव्यको सुरुआतमै भनेका थिए, ‘फिल्म उद्योग महत्त्वपूर्ण उद्योग हो । राज्यले यसलाई प्राथमिकतामा राखेर
व्यवस्थित बनाउने सन्दर्भमा चुक्दै आएको छ ।’नायक नआउँदा चढयो निर्देशकको पारोफिल्म निर्माणसँगै प्रचारप्रसार पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्छ । यस्तोमा फिल्मको प्रमोसन कार्यक्रममा मुख्य
कलाकार नै अनुपस्थित भइदिएपछि असर पर्छ नै । यस्तै भइदियो, सोमबार आयोजित फिल्म ‘आवेग’ को म्युजिक लन्च कार्यक्रममा पनि । रिलिज डेट सार्दा सार्दै चैत १२ लाई निश्चित गरी प्रचार अभियानमा उत्रेको
‘आवेग’ लाई पहिलो गासमै ढुंगा लागेको छ । फिल्मका मुख्य नायक आर्यन सिग्देल कार्यक्रम हुने दिन नै बिनाखबर गुल्मी लागेपछि यसका निर्देशक वसन्त निरौला कार्यक्रममै आक्रामक शैलीमा प्रस्तुत भए ।‘हामी
जसको टाउकाका लागि ६०–७० लाख रुपैयाँ लगानी गर्छौं, उहाँहरूले नै धोका दिनुहुन्छ,’ निर्देशक निरौलाले कार्यक्रममा आउँछु भनेका नायक आर्यन खबरै नगरी गुल्मी लागेपछि आक्रोशित बनेका हुन् । त्यसो त
नायक आर्यन यति बेला आफ्नै निर्माण तथा अभिनय रहेको फिल्म ‘क्लासिक’ को प्रमोसनमा जोडतोडले लागेका छन् । सायद ‘आवेग’ को कार्यक्रममा आउँदा ‘क्लासिक’ लाई प्रचारात्मक घाटा पर्ने देखेर पो उनी आएनन्
कि ? ‘आवेग’ फिल्मका निर्माता/निर्देशकसँग यसको जवाफ छैन । निर्देशकको टाउको दुख्नुको कारणमा फिल्ममा चार मुख्य कलाकार रहे पनि कार्यक्रममा एकजना मात्रै पवित्रा आचार्य उपस्थित थिइन् । त्यसो त
पवित्रा निर्देशक निरौलाकी पत्नी पनि हुन् । फिल्मका अन्य कलाकारमा ध्रुव दत्त विदेशमा छन् भने अर्की कलाकार अर्चना डेलाला पनि राजधानीमा नभएकाले फिल्म प्रमोसनको भर आर्यनमै निहित थियो । प्रकाशित
: माघ १२, २०७२ ०९:३० पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज
पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु
सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com