करछलीका आरोपित फिलिप्सलाई जिम्मेवारी

करछलीका आरोपित फिलिप्सलाई जिम्मेवारी

Play all audios:


काठमाडौँ — टेक्निकल डाइरेक्टरका रूपमा नेपालमा वार्षिक करिब १ करोड २० लाख रुपैयाँ (९९ हजार ९ सय ९६ अमेरिकी डलर) तलब थापेर पनि आयकर छलीका आरोपित अस्ट्रेलियन नागरिक ग्यारी फिलिप्सलाई अखिल नेपाल


फुटबल संघ (एन्फा) ले बिहीबार महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । <?xml encoding="UTF-8"??> एन्फाको वेबसाइटमा लेखिएको छ, ‘एन्फामा सन् २०१९ देखि


टेक्निकल डाइरेक्टरका रूपमा कार्यरत अस्ट्रेलियन नागरिक ग्यारी फिलिप्सलाई संघले अर्को जिम्मेवारी दिएको छ । आजदेखि (बिहीबार) सुरु हुने गरी फिलिप्सलाई नेपाली महिला राष्ट्रिय टिमको मुख्य


प्रशिक्षकमा एक वर्षका लागि नियुक्ति गरिएको छ ।’ उनलाई उपाध्यक्ष कृष्ण थापाको संयोजकत्वमा कुमार राजभण्डारी, उपेन्द्रमान सिंह, दिनेश व्यञ्जनकार र अर्जुन लामा रहेको प्राविधिक समितिको सिफारिसमा


नयाँ जिम्मेवारी दिइएको एन्फाले जनाएको छ । महिला फुटबलको प्रमुखमा नियुक्ति पाइसकेका हरि खड्काले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णको प्रतिस्पर्धामा भारतसँग पराजित भएपछि मुख्य


प्रशिक्षकको जिम्मेवारी छाडेका थिए, जहाँ ल्याइएका फिलिप्सले एएफसी वुमेन्स एसियन कप २०२२ को छनोटमा नेपाली टिम सम्हाल्नेछन् । मलेसिया, फिलिपिन्स, भियतनाम, पपुवा न्युगिनीमा काम गरिसकेका


फिलिप्सलाई एन्फाले एसियाली फुटबल महासंघ (एएफसी) को सहयोगमा १ अगस्ट २०१९ देखि ३१ जुलाई २०२० सम्म टेक्निकल डाइरेक्टर राखेको थियो । कोरोना भाइरस महामारीले प्रभावित सोही कार्यकालमा पाएको करिब १


करोड २० लाख तलबको आयकर नतिरेको भन्दै फिलिप्सविरुद्ध उजुरी परेपछि आन्तरिक राजस्व विभागले अनुसन्धान नै थालेको थियो, जुन अझै निष्कर्षमा पुगेको छैन । एन्फाले १ जनवरी २०२१ देखि लागू हुने गरी एक


वर्षका लागि उनको सम्झौता नवीकरण गरेको थियो, जसमा उनलाई कुनै पनि सिनियर टिमको जिम्मेवारी दिनसक्ने सर्त राखिएको थियो । गत असारमा ३० लाख रुपैयाँ बढी करछली गरेको आरोपमा उजुरी परेपछि आन्तरिक


राजस्व विभागको कर परीक्षण तथा अनुसन्धान शाखाका तत्कालीन निर्देशक गोपी कोइरालाले भनेका थिए, ‘ग्यारी फिलिप्सले करछली गरेको उजुरीमाथि हामीले छानबिन थालिसकेका छौं । यहाँ (नेपाल) आएर कमाएको स्रोत


भएकाले उनको कमाइमा कर लाग्नुपर्ने हो ।’ एन्फाको कार्यालय रहेको क्षेत्रलाई नियमन गर्दै आएको आन्तरिक राजस्व कार्यालय, पुल्चोकका तत्कालीन प्रमुख डिलाराम सापकोटाले पनि एन्फाले फिलिप्सको नाममा


टीडीएस (स्रोतमा करकट्टी) नगरेको बताएका थिए । ‘कुनै पनि टिमको मुख्य प्रशिक्षक नभएको खण्डमा त्यो जिम्मेवारी तोक्न सक्ने सम्झौताअनुसार उनलाई थप सुविधा नहुने गरी जिम्मेवारी दिइएको हो,’ एन्फाका


प्रवक्ता किरण राईले भने, ‘उनी एएफसीसँगै सम्झौता भएर नेपालमा काम गर्न आएका हुन्, उतैबाट तलब बुझ्ने हो ।’ फिलिप्सले आयकर नतिरेको सम्बन्धमा उनले भने, ‘धेरै डिटेलमा अहिले केही भन्ने अवस्था छैन,


त्यो छुट्टै कुरा पर्‍यो ।’ एन्फासँग फिलिप्सको सम्झौतामा श्रमसम्बन्धी नेपालको नियम–कानुन लागू हुने प्रस्टै लेखिएको छ । करसम्बन्धी नियमानुसार पनि १८० दिन नेपालमा काम गरेपछि उसको आयमा कर लाग्छ 


। जबकि फिलिप्सले नेपालमै काम गरेको आधारमा मासिक ८ हजार ३ सय ३३ अमेरिकी डलर पाउँछन् । त्यसैले पनि उनको आयमा कर लाग्ने आन्तरिक राजस्व विभागले जनाएको थियो । प्रकाशित : फाल्गुन १४, २०७७ ०९:०७


कान्तिपुरका स्तम्भहरु * eKantipur serves as Nepal's ultimate platform for domestic and international sports news updates. We've got it all covered, from popular cricket and


football to domestic sports like the National Basketball League Nepal, AFC Cup, and Birat Gold Cup. Additionally, we provide extensive coverage of international sports events such as the


FIFA World Cup 2022, ACC Asia Cup Qualifiers, SAFF Championship 2023, ACC Women's Emerging Teams Asia Cup 2023, Asia Cup 2023, Bilateral Series, IPL 2023, CAVA Women's Challenge


Cup 2023, and much more.Whether you're eagerly awaiting the upcoming ICC Men's Cricket World Cup 2023 or simply keeping track of live cricket scores, our dedicated team ensures you


won't miss a moment. From thrilling live cricket updates to the latest news about Nepal's cricket scene, we've got it all. Nepal's passion for sports runs deep, and


we're here to ignite that enthusiasm.Explore our insightful articles, detailed match analyses, and comprehensive coverage of your favorite games. Our commitment to delivering


comprehensive sports news goes hand in hand with our dedication to promoting local talent and global sporting events. Stay connected with eKantipur to stay at the forefront of sports trends


and breaking news हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा


जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000


+977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com