जर्ज फ्लोइडको हत्यामा पूर्वप्रहरी दोषी ठहर

जर्ज फ्लोइडको हत्यामा पूर्वप्रहरी दोषी ठहर

Play all audios:


मिनियापोलिस — मिनियापोलिस अमेरिकाको मिनियापोलिसमा गत वर्ष मारिएका अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको हत्यामा एक जना पूर्वप्रहरी अधिकारीलाई दोषी ठहर गरिएको छ । <?xml


encoding="UTF-8"??> सन् २०२० को मेमा फ्लोइडको गिरफ्तारीका बेला ४५ वर्षीय प्रहरी अधिकारी डेरेक सोभिनले ९ मिनेटभन्दा लामो समयसम्म घुँडाले उनको घाँटीमा थिचेका थिए । उक्त दृश्य


सामाजिक सञ्जाल प्रयोगकर्ताले बाहिर ल्याएका थिए । उक्त भिडियोमा फ्लोइडले ‘मैले सास फेर्न सकिरहेको छैन’ भनेको सुन्न सकिन्छ । लाखौं मानिसले हेर्नुका साथै सेयर गरेको उक्त दृश्यका कारण अमेरिकामा


प्रमुख सहरका साथै कतिपय युरोपेली देशमा जातिवाद र प्रहरी ज्यादतीविरुद्ध कैयौं दिनसम्म विरोध प्रदर्शन गरिएको थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार सोभिनलाई एक जुरीले तीनवटा अभियोगमा दोषी ठहर


गरेको हो । जसमा सेकेन्ड डिग्री हत्या, थर्ड डिग्री हत्या र आशयबिनाको गैरकानुनी हत्या छन् । अमेरिकी कानुनअनुसार सेकेन्ड डिग्रीमा हत्या ठहर गर्न आशय खुलेको हुनुपर्छ तर त्यो पूर्वनियोजित भने


हुँदैन । थर्ड डिग्री हत्यामा प्रतिवादीले पीडितलाई मार्न खोजेको देखिँदैन । यसअघि जमानतमा रिहा भएका सोभिनलाई मुद्दाको फैसला सुनाउने क्रममा हतकडी लगाएर उपस्थित गराइएको थियो । जेल सजाय


नतोकिँदासम्म उनी हिरासतमै रहनेछन् र दशकौंसम्म जेलमा बिताउनुपर्ने हुन सक्छ । सोभिनले निर्णयविरुद्ध पुनरावेदन गर्ने ठानिएको छ । मुद्दाको सुनुवाइका क्रममा दुवै पक्षले सोमबार अन्तिम तर्कहरू


प्रस्तुत गरेका थिए । त्यसको एक दिनमै १२ सदस्यीय जुरीले फैसला सुनाएको हो । जुरीमा ७ जना महिला र ५ जना पुरुष छन् । हेन्नेपिन काउन्टीका न्यायाधीश पिटर केहिलले फैसलाको पाठ सुनाउँदै उक्त फैसला


सर्वसम्मत रहेको बताएका छन् । तीन साताको सुनुवाइले मिनियापोलिसमा एक खालको तनावपूर्ण अवस्था निम्ताएको थियो । सुनुवाइ सकिएपछि बाह्य सम्पर्कबाट टाढा रहन भन्दै १२ सदस्यीय जुरी एउटा होटलमा बसेको


थियो । निर्णयपछि अदालतबाहिर खुसीका दृश्य देखिएका बीबीसीले जनाएको छ । फ्लोइड परिवारका वकिल बेन क्रम्पले उक्त निर्णय अमेरिकाका निम्ति ‘इतिहासको घुम्ती’ भएको बताएका छन् । ‘पीडाका साथ आर्जन भएको


न्याय अन्तत: प्राप्त भएको छ,’ उनले ट्वीटरमा लेखेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र सभामुख नान्सी पेलोसीले फैसलाप्रति प्रसन्नता प्रकट गरेका छन् । बाइडेनले


‘कम्तीमा केही न्याय प्राप्त’ भएको बताए । ‘हामीले अझै धेरै प्राप्त गर्नुपर्ने छ,’ बाइडेनले भने । फैसलापछि सम्बोधन गर्दै उनले ‘प्रणालीगत जातिवाद देशकै आत्माको कलंक’ भएको बताए । त्यस्तै,


उपराष्ट्रपति ह्यारिसले अमेरिकी प्रहरीको प्रशासकीय पुनर्संरचना गर्ने पक्षमा ल्याइएको जर्ज फ्लोइड विधेयक पारित गर्न सांसदहरूलाई आग्रह गरिन् । प्रकाशित : वैशाख ९, २०७८ १३:०१ कान्तिपुरका


स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका


विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000


+977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com