
अरनिको सिमेन्ट उद्योग बन्द
Play all audios:

दमौली — दुई दशकदेखि सञ्चालित अरनिको आँबुखैरेनी सिमेन्ट उद्योग बन्द भएको छ । कर्मचारीहरूले सामूहिक राजीनामा दिएपछि आँबुखैरेनी–२ मा रहेको उद्योग बन्द भएको हो । <?xml
encoding="UTF-8"??> उद्योगका मानव संसाधन प्रमुख पंकल मल्लिकले कर्मचारीहरूले सामूहिक राजीनामा दिएकाले उद्योग बन्द भएको बताए । ‘राजीनामा फिर्ता गरी नियमित काममा फर्कन उद्योग
व्यवस्थापकले गरेको आग्रहलाई कर्मचारीले अटेर गरेकाले बन्द गर्नुपरेको हो,’ उनले भने । उद्योगका केही कर्मचारीले सिमेन्ट उत्पादन भइरहेका समयमा एक्कासि विद्युत् आपूर्ति बन्द गरी काममा व्यवधानसमेत
उत्पन्न गरेका थिए । भदौ ५ गते उद्योगमा कार्यरत २८ कर्मचारीले सामूहिक राजीनामा दिएका थिए । फिर्ता लिन अटेर गरेपछि भदौ ७ गतेबाट लागू हुने गरी राजीनामा स्वीकृत गरेको मल्लिकले बताए । उद्योग
व्यवस्थापनले भदौ ८ देखि अर्को सूचना नभएसम्मका लागि उत्पादन बन्द भएको जानकारी सरोकारवालालाई गराएको छ । कर्मचारीले राजीनामा दिएको भोलिपल्ट केही कर्मचारीले बाहिरका व्यक्तिहरूको संलग्नतामा
उद्योगको विद्युत् आपूर्ति बन्द गराएका थिए । चन्दा माग्ने, ढुवानीमा अवरोध पुर्याउनेलगायत गतिविधिसमेत भइरहेको उद्योगले जनाएको छ । उद्योगमा कार्यरत कर्मचारीको योग्यता, क्षमताअनुसार नेपाल
सरकारले तोकेको सेवा सुविधा कर्मचारीलाई दिँदै आएको मल्लिकले बताए । सञ्चय कोष र उपदानको व्यवस्थासमेत थियो । उनका अनुसार उद्योगमा २८ कर्मचारी कार्यरत थिए । ठेकेदारमार्फत करिब एक सय कर्मचारीले
पनि काम गरिरहेका थिए । उद्योगले सबै सामान बुझाई हिसाबकिताब फरफारकका लागि आउन कर्मचारीलाई भनेको छ । उद्योगले ‘नो वर्क नो पे’ लागू गर्ने जनाएको छ । उद्योग बन्दले सबैभन्दा ठूलो मार ज्यामीस्तरका
कर्मचारीलाई परेको छ । उद्योग एक्कासि बन्द हुँदा रोजीरोटी गुमेको कामदार टंक गुरुङले बताए । ‘सिमेन्ट उत्पादन भएदेखि यस उद्योगमा काम गर्दै आएका थियौं,’ उनले भने, ‘एक्कासि बन्द भयो । रोजगारी
पनि गुम्ने भयो ।’ उनले परिवारलाई कसरी पाल्ने भन्ने चिन्ता थपिएको बताए । दसैं–तिहारको बोनस दिनुपर्छ भनेर चाडपर्व नजिकिँदा उद्योग बन्द हुने गरेको आरोप गुरुङले लगाए । ठेकेदारमार्फत काम गरिरहेका
देवीसरा गुरुङको पनि अवस्था दयनीय भएको छ । छोराछोरी लालनपालन गर्नका लागि गाउँबाट बजार झरेकी उनलाई छाक टार्न मुस्किल छ । ‘अहिले पसलबाट उधारो ल्याएर काम चलाएका छौं,’ उनले भनिन्, ‘लामो समय त
साहुले पनि विश्वास गर्दैनन् होला ।’ उद्योगमा महिनामा ५० किलोका डेढ लाख बोरा सिमेन्ट उत्पादन हुन्थ्यो । सिमेन्ट काठमाडौं, पोखरा, नारायणगढलगायत सहरमा बिक्री हुँदै आएको थियो । प्रकाशित : भाद्र
१८, २०७६ ०८:२७ कान्तिपुरका स्तम्भहरु * Ekantipur is dedicated to keeping its readers well-informed about the dynamic world of business, finance, and economics. We cover Nepal's economic
landscape, financial markets, and entrepreneurial endeavors comprehensively. Our coverage includes breaking news on Nepal's economic policies, political decisions, monetary plans, and
budgets, as well as international economics, banking, money markets, stock exchanges, and more. Whether you're an investor looking for the latest updates on the Nepal Stock Exchange or
a business enthusiast interested in the success stories of entrepreneurs, we've got it all. Explore our coverage of IPO openings and results, Nepal's remittances, and their role in
the national economy, and stay updated on the government of Nepal's economic initiatives and their impact on the local economy. हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको
आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी
लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com