
इदको अवसर पारेर मलेसियामा आधा दर्जन नेपाली साँस्कृतिक कार्यक्रम
Play all audios:

मलेसिया — मुसलमान धर्मावलम्बीहरुको महान चाड ईदको सार्वजनिक विदाको मौका छोप्दै यहाँ झण्डै आधा दर्जन नेपाली सांगीतिक कार्यक्रम आयोजना भएका छन् । मलेसियाको राजधानीसहित केलाङ, सुंगाईबुलो, मुआर,
जोहोरबारु, बातुपहात, पेनाङ लगायत विभिन्न मूख्य शहरहरुमा बुधबारदेखि नेपाली सांगीतिक कार्यक्रम गरिएको हो । <?xml encoding="UTF-8"??> विभिन्न आयोजक कम्पनीहरुले रिमिक्स धमाका,
फ्रेण्डसीप धमाका, विजयहिल कन्सर्ट, युनिक साँस्कृतिक धमाका, हाम्रो प्रतिभा सांगीतिक धमाका लगायत शीषर्कहरुमा कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रमहरुका लागि नेपालबाट लोकदोहोरीदेखि आधुनिक तथा
पप क्षेत्रसम्ममा गायक गायिका र चर्चित सिनेकर्मीदेखि मनोरञ्जन क्षेत्रमा उदाउँदै गरेका मोडल र नृत्यांगानासमेत मलेसिया ओइरिएका छन् । कार्यक्रम आयोजकहरुका अनुसार रमादानमा करिब ३ दिन विदा परेकाले
सबैजसो आयोजकले मलेसियाका प्रमुख शहरहरुमा कार्यक्रम आयोजना गरेका छन् । यसपाली फ्रेण्डसीप ईभेन्टस र हाइ माउण्टेन भ्यु ट्राभल्स एण्ड टुर्सद्धारा आयोजना गरिएको फ्रेण्डसीप धमाकाको लागि गायक राजु
लामा, हास्यकलाकारहरु दमन रुपाखेती, कबिता शर्मा, रामथापा, मोडल तथा गायक दुर्गेश थापा र नायिका अनु शाह, लोक गायिका निता पुन मगर, गायिका ज्योती मगर, गायिका सरिस्मा मगर, हाँस्य कलाकार महादेव
त्रिपाठी, गायिका रोशना राई, गायक उत्तम थापा मगर लगायत कलाकार मलेसिया आएका छन् । विजयहिल एक्सपोर्ट ईम्पोर्टद्धारा आयोजित एवं प्रायोजित ‘विजयहिल कन्सर्ट’ का लागि हाँस्य कलाकारद्वय राजु पौडेल,
निरु खड्का, गायक डम्बर नेपाली, नायिका अशिष्मा नकर्मी, नायक प्रदिप खड्का, गायिका जानकी मगर, र गायक मेकसन खाती मलेसिया उत्रेका छन् । त्यस्तै ‘जिरोमाइल’ र ‘ईरा नेटवर्क प्रमोसन्स’ नामक
कम्पनीद्धारा आयोजित रिमिक्स धमाकाका लागि नायक जीवन लुईंटेल, नायिका बर्षा राउत, नायिका सावित्रा जोशी, हाँस्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’, गायक रमेशराज भट्टराई लगायत कलाकारहरु
मलेसियामा छन् । कार्यक्रमकै भीडमा ग्रेट कञ्चनजंघा एसडिएन बिएचडीद्धारा आयोजित ‘युनिक साँस्कृतिक धमाका’ का लागि गायिका लोक पप गायिका सृजना खत्री, नायिका बिनु खड्का, गायक रोशन सिंह, गायिका
मञ्जरी गुरुङ, गायक विक्रम शाह लगायत कलाकारहरु मलेसियामा छन् । त्यस्तै अर्को कार्यक्रम ‘हाम्रा प्रतिभा साँस्कृतिक धमाका’ का लागि गायक राजेश पायल राई, लोक गायिका पुर्णकला विसि, नायिका तथा मोडल
सगुन शाही ठकुरी, मोडल तथा नायक शिवन पोख्रेल, लगायत कलाकारहरु मलेसिया आएका छन् । बर्षेनी नेपाली र मलेसियाका विभिन्न चाडपर्वको मौका छोपेर मलेसियामा व्यवसायिक रुपमै कार्यक्रम गर्न थालिएको
कार्यक्रम आयोजना हुन थालेको दशक भइसकेको छ । धेरै नेपाली कार्यरत रहेका ईद, चिनियाँ नयाँबर्ष, क्रिशमसका साथै नेपाली चाडबाडको अवसर पारेर यस्तो सांगीतिक कार्यक्रम हुने गरेका छन् । अरुबेला कामको
व्यवस्थताको बोझ खेपेका नेपालीहरुले रमादानको यो छुट्टीमा रोजेरै कार्यक्रम हेर्ने र मनोरञ्जन लिने अवसर मिलेको छ । यी कार्यक्रमहरु ईदको विदा अवधिभर चल्नेछ । खर्च कति लाग्छ ? कलाकारको हवाई टिकट,
मलेसियामा बसोबास, यातायता, खाना, हल भाडा, सम्बन्धित निकायको अनुमतिपत्र, व्यवस्थापन, सुरक्षा, लगायत विभिन्न शीर्षकमा गरि साविकमा एउटा कन्सर्ट आयोजना खर्च लगभग १ लाख रिंगिट (रु. २७ लाख) खर्च
हुने आयोजकहरु बताउँछन् । हाल आयोजित यी कार्यक्रमहरुमा झण्डै दुई करोडभन्दा बढी रकम लगानी भएको अनुमान छ । आयोजकमध्ये कतिपयले केही प्रायोजन कम्पनीको साथमा त कतिपयले आफ्नै खर्चमा यस्ता जम्बो
कार्यक्रम गरेका हुन् । प्रकाशित : असार २२, २०७३ १४:४७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार,
विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल
बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com