
भूकम्प पीडितलाई अनुदानमा १ लाख थपिने
Play all audios:

काठमाडौं — सरकारले भूकम्पपीडितलाई घर पुनर्निर्माण गर्न प्रतिपरिवार ३ लाख अनुदान र सामूहिक जमानीमा निर्ब्याजी ऋण २ लाख रुपैयाँ दिने भएको छ । <?xml encoding="UTF-8"??> सरकारले
भूकम्पपीडितलाई घर पुनर्निर्माण गर्न प्रतिपरिवार ३ लाख अनुदान र सामूहिक जमानीमा निब्र्याजी ऋण २ लाख रुपैयाँ दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पबाट सर्वाधिक प्रभावित
सिन्धुपाल्चोकका सांसदहरूको ज्ञापनपत्र आइतबार बुझ्दै सरकारले अनुदान २ लाखबाट बढाएर ३ लाख पुर्याउने प्रक्रिया अघि बढाएको जनाए । घर पुनर्निर्माण गर्न यसअघि सामूहिक जमानीमा दिने भनिएको ३ लाख
रुपैयाँको निर्ब्याजी ऋणलाई भने घटाएर २ लाख मात्र दिइने प्रधानमन्त्रीले बताए । भूकम्पपीडितलाई राहत पुगोस् भनेर ऋण घटाएर त्यसलाई अनुदानका रूपमा दिन लागिएको उनले बताए । सांसदहरू कांग्रेसका मोहन
बस्नेत, एमालेका अमृतकुमार बोहरा र शेरबहादुर तामाङ, माओवादी केन्द्रका अग्नि सापकोटा र राप्रपाका रमेश लामासहितले प्रधानमन्त्रीलाई भेटेर छिटो राहत दिन र अनुदान रकम ५ लाख रुपैयाँ पुर्याउन माग
गरेका थिए । ‘हामीले अनुदान ५ लाख पुर्याउन माग गर्यौं, प्रधानमन्त्रीले भने ३ लाख अनुदान दिन सरकारले प्रक्रिया अघि बढाइसकेको जानकारी गराउनुभयो,’ तामाङले भने । अनुदान र निब्र्याजी ऋणका अलावा
भूकम्पपीडितलाई धितो राखी घर पुनर्निर्माण गर्न उपत्यकाभित्र २५ लाख र बाहिर १५ लाख रुपैयाँ सहुलियतपूर्ण ऋण दिने सरकारको पूर्व निर्णय भने यथावत् राखिनेछ । उपत्यकाबाहिर ११ जिल्लामा भूकम्पबाट
पूर्ण रूपमा क्षतिग्रस्त भएका घर ५ लाख ३३ हजार छन् । उपत्यकाका तीन जिल्लामा भूकम्पबाट १ लाख १३ हजार घर पूर्ण रूपमा भत्केको प्रारम्भिक तथ्यांक छ । यी जिल्लामा सरकारले यकिन तथ्यांक निकाल्न
विभागमार्फत सर्वेक्षण सुरु गरिसकेको छ । सर्वेक्षणबाट उपत्यकामा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको तथ्यांक घटबढ हुन सक्छ । उपत्यकाको संख्या केही घटबढ हुन सक्ने भए पनि भूकम्पबाट पूर्ण रूपमा
क्षतिग्रस्त भएका घर संख्या हालको तथ्यांकअनुसार ६ लाख ४६ हजार छ । सरकारले ६ लाख ४६ घर पुनर्निर्माण गर्न प्रतिपरिवार तीन/तीन लाख अनुदान दिँदा १ खर्ब ९३ अर्ब ८० करोड रुपैयाँ खर्च लाग्नेछ । २
लाखका दरले दिँदा भने घर पुनर्निर्माण अनुदानमा १ खर्ब २९ अर्ब २० करोड रुपैयाँ खर्च हुने अनुमान थियो । सरकारले करिब २ लाख ७० हजार परिवारलाई घर पुनर्निर्माण गर्न पहिलो किस्ताबापत ५० हजार
रुपैयाँ दिइसकेको छ । पहिलो किस्ता दिँदा हालसम्म १३ अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ । सरकारले भूकम्पपीडितलाई घर पुनर्निर्माण गर्न दिने अर्को सहुलियत स्वरूप सामूहिक जमानीमा २ लाखका दरले
निब्र्याजी ऋण दिँदा थप १ खर्ब २९ अर्ब २० करोड रुपैयाँ खर्च हुनेछ । प्रधानमन्त्रीले कोही पनि वास्तविक भूकम्पपीडित राहत पाउनबाट वञ्चित नहुने आश्वासन दिए । उनले छुट भएका भूकम्पपीडितको नाम
संकलनका लागि प्रक्रिया सुरु गर्न सरकारले निर्देशन दिइसकेको जानकारी गराए । दाहालले सिन्धुपाल्चोकलगायत भूकम्प प्रभावित क्षेत्रका जनताका समस्या समाधानप्रति सरकार गम्भीर रूपमा लागिरहेको जानकारी
सांसद टोलीलाई गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । टोलीले सिन्धुपाल्चोकवासीको आर्थिक मेरुदण्डका रूपमा रहेको तातोपानी नाका बन्द भएको र अरनिको लोकमार्ग ठाउँ–ठाउँमा भत्किएको जानकारी
गराउँदै तत्काल नाका खोल्न र अरनिको लोकमार्गको मर्मत गर्न प्रधानमन्त्रीलाई दबाब दिएका थिए । सांसदहरूका अनुसार अरनिको लोकमार्ग पुनर्निर्माण गर्न चीनले ११ अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको
छ । चिनियाँ सहयोग लिएर सरकारले उक्त लोकमार्ग निर्माण कार्य छिटो अघि बढाउन उनीहरूले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । प्रत्युत्तरमा प्रधानमन्त्रीले अरनिको लोकमार्गको मर्मत र तातोपानी नाका
खोल्न आफूले पहल गरिरहेको आश्वासन दिएका थिए । प्रकाशित : भाद्र २०, २०७३ ०७:४१ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा
यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र
विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य
प्रकाशनहरु © Copyright ekantipur.com