बलात्कार अभियोगमा मुद्दा

बलात्कार अभियोगमा मुद्दा

Play all audios:


बैतडी — एसएलसी परीक्षा दिँदै गरेकी छात्रालाई सामूहिक बलात्कार गर्नेलाई प्रहरीले अदालतसमक्ष १३ वर्ष कैद सजाय माग दाबी गरेको छ । बलात्कार आरोपमा थुनामा रहेका पाटन बजारका चाँदनी फोटो स्टुडियोका


सञ्चालक अमरराज अवस्थी र जगन्नाथ पुस्तक पसलका सागर भट्टलाई बिहीबार जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ । <?xml encoding="UTF-8"??> प्रहरीले सामूहिक बलात्कार गरेको


ठहर गर्दै १३ वर्ष कैद सजाय र क्षतिपूर्तिको माग गरेको हो । बलात्कारपछि छात्राको मानसिक सन्तुलन बिगि्रएको देखिएकाले कैद र क्षतिपूर्तिको माग गरेको हो । प्रहरीले छात्राका अभिभावकको किटानी


जाहेरीमा दुवैलाई २० दिन थुनामा राखेर अनुसन्धान गरेको थियो । केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाले छात्राका कपडा परीक्षणबाट बलात्कार गरेको पुष्टि गरेको छ । पसलमा पुस्तक किन्न गएकी उनलाई


चाँदनी फोटो स्टुडियोको सुत्ने कोठाभित्र लगेर धाकधम्की र जबर्जस्ती गर्दै बलात्कार भएको अनुसन्धानमा देखिएको छ । 'छात्राको लुगाको जाँच गर्दा बलात्कार गरिएको प्रमाण भेटिएको छ,' प्रहरी


नायब उपरीक्षक विष्णुबहादुर कार्कीले भने, 'अन्य अनुसन्धानबाट पनि बलात्कार देखिएर अभियोग पेस गरेका छौं ।' सामूहिक बलात्कारपछि मानसिक असन्तुलन भएकी छात्राको ललितपुरस्थित मानसिक


अस्पतालमा उपचार भइरहेको छ । उनलाई काठमाडौंस्थित रक्षा नेपाल नामक संस्थाले जिम्मा लिएको छ ।चैत ९ गते बैतडीको पाटन केन्द्रबाट एसएलसी दिइरहेकी १७ वषर्ीया छात्रामाथि सामूहिक बलात्कार भएको थियो ।


पाटन बजारमा व्यापार गर्दै आएका भूमेश्वर ३ का सागर भट्ट र गुजर २ का अमर अवस्थीले सामूहिक बलात्कार गरेका थिए । प्रकाशित : वैशाख १, २०६९ ०९:०५ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६,


२०६९ पुस १६, २०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल,


विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली


काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com