
काठमाडौंकाे मातातिर्थस्थित चिहान डाँडामा गोली चल्यो
Play all audios:

काठमाडौं — बिहीबार बिहान काठमाडौंको मातातिर्थस्थित चिहान डाँडामा प्रहरी र शंकास्पद व्यक्तिहरुबीच गोली हानाहान भएको छ । <?xml encoding="UTF-8"??> महानगरिय प्रहरी परिसर
काठमाडौंका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले घटनाको पुष्टि गरे । उनको अनुसार मातातिर्थको चिहान डाँडा हुँदै मकवानपुर जाने कच्चि सडकमा टाटासुमो गुडेको देखेपछि प्रहरीले शंका लागि पछ्याउँदा
टाटासुमोबाट प्रहरी माथि गोली प्रहार भएपछि प्रहरीको तर्फबाट पनि जवाफी फायर भएको हो ।‘हत्तपत्त गाडी नगुड्ने ठाउँमा गाडी देखेपछि प्रहरीले पिछा गर्यो । उताबाट दुई राउन्ड फायर भएपछि हामीले पनि
फायर गर्यौं,’ उनले भने, ‘हामीले पनि फायर गरेपछि उनीहरुले गाडी छोडेर भागे । हामी उनीहरुको खोजी गरिरहेका छौं ।’प्रहरीले टाटासुमोमा चारजना सवार रहेकाे बताएकाे छ । ना१ज ३९४८ नम्बरकाे उक्त
गाडीमा प्रहरीले एउटा दुई फिट अग्लाे सेफ फेला पनि पारेको छ । प्रहरीले उक्त सेफ कतैबाट चोरी गरी ल्याइएको हुनसक्ने आशंका गरेको छ ।‘हामीले उनीहरुले छोडेर भागेको सेफ फेला पारेका छौं,’ एसपी
कार्कीले भने, ‘त्यसलाई खोल्ने प्रयासमा छौं ।’ प्रहरीका अनुसार गाडी धनी पत्ता लगाएर उनी मार्फत फरार व्यक्तिहरुकाे पहिचान खुलाउने प्रयास भइरहेकाे छ । यद्यपि गाडी धनीकाे बारे पनि प्रहरीले
जनकारी प्राप्त गरीसकेकाे छैन । प्रकाशित : भाद्र २३, २०७३ ०९:०२ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट
कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई
समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु ©
Copyright ekantipur.com