
नेकपाका नेताको जुधाइमा संसद् मिचाइमा पर्यो : वरिष्ठ अधिवक्ता ज्ञवाली
Play all audios:

काठमाडौँ — वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर संसद्माथि प्रहार गरेको बताएका छन् ।
<?xml encoding="UTF-8"??> संवैधानिक इजलासमा बुधबार प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइमा सहभागी हुँदै ज्ञवालीले नेताहरूबीचको विवादले संसद्लाई पीडित बनाउन नहुने बताए
। 'प्रधानमन्त्री र संसद्को बीचमा कुनै द्वन्द्व छैन । साँढेको जुधाइ बाच्छाको मिचाइ । पार्टीभित्र विवाद भएको हो, संसद् मिचियो,' उनले भने । पार्टीभित्रको विवाद पार्टीभित्रै
खोज्नुपर्नेमा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको भन्दै उनले सर्वोच्च अदालतलाई निवेदकले माग गरेबमोजिम प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गर्न माग गरे । प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने
राजनीतिक र संवैधानिक अधिकार नभएको ज्ञवालीको तर्क थियो । संविधानको धारा ७६ (१) अन्तर्गत एउटै दलको बहुमतको सरकारलाई संसद् विघटन गर्ने अधिकार नभएको उनको भनाइ थियो । संसदीय व्यवस्था अवलम्बन
गरेका विभिन्न मुलुकमा बजेट पारित नभएमा, सरकार गठन नभएमा, संसद्ले नै विघटनको पक्षमा निर्णय गरेमालगायत प्रावधान राखिएको भन्दै ज्ञवालीले नेपालमा पनि कुन प्रधानमन्त्रीले संसद् विघटन गर्ने भन्ने
संविधानमा स्पष्ट उल्लेख रहेको बताए । अल्पमतको सरकारलाई मात्रै संसद् विघटन गरेर निर्वाचनमा जाने संवैधानिक अधिकार रहेको उनको भनाइ थियो । 'म त ६४ प्रतिशतको प्रधानमन्त्री हुँ भनेर संसद्
विघटन गर्ने होइन । कमजोर प्रधानमन्त्रीले हो संसद् विघटन गर्ने । संघीय शासनमा कमजोर प्रधानमन्त्रीले संसद् विघटन गर्ने व्यवस्था गरिएको छ,' उनले भने । प्रधानमन्त्री केपी शर्मा ओली स्वतः
कामचलाउ भएको पनि ज्ञवालीको भनाइ थियो । उनले बाबुराम भट्टराईले संसद् विघटन गरेपछि तत्कालीन राष्ट्रपतिले कामचलाउ सरकार भएको भनेर पत्र लेखेको स्मरण गर्दै अहिलेको सरकारलाई संविधानले नै कामचलाउ
भनेको बताए । ज्ञवालीले संविधानमा गरिएको व्यवस्थाको आशय के हो भन्नेबारे बुझ्ने भए संविधान मस्यौदा समितिका संयोजक र सदस्यहरूलाई बोलाउन पनि इजलासलाई आग्रह गरे । प्रकाशित : माघ ७, २०७७ १३:०३
कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा
जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000
+977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com