छोरीको पनि ब्रतबन्ध!

छोरीको पनि ब्रतबन्ध!

Play all audios:


काठमाडौं — बालिग भएपछि कानून अनुसार दण्ड लाग्छ, शास्त्र अनुसार ब्रतबन्ध गरेपछि 'पाप पुण्य'को भागीदार । उमेरले बालिग हुन अझै एक दशक पर्खनु पर्ने ८ वर्षीया ओजस्वी पौडेल पनि बिहीबार


मध्यान्नबाट 'पाप-पुण्य' को भागिदार भएकी छन् । <?xml encoding="UTF-8"??> उनको जीउमा जनै छ, कानमा बुबाले भनिदिएको गायत्री मन्त्रको गुञ्जन । 'छोरा छोरी


बराबरी' भन्ने गीत रेडियोले धेरै गायो होला तर रामप्रसाद पौडेलको दम्पतीले जस्तो जीवनमा चाहिँ सायदैले उतारेका छन् ।उनले छोरासँगै छोरी ओजश्वीको पनि बिहीबार ब्रतबन्ध गरिदिए । मण्डपमा बसेकी


ओजस्वीको शरिर छोप्ने गेरुबस्त्र बाहिर जनै झुण्डिएको थियो, तर कपाल खौरिएको थिएन । आफूभन्दा चार वर्ष जेठा दाजुसँगसँगै उनको पनि ब्रतवन्ध भयो । यो अनौठो धार्मिक संस्कारमा उनकी आमा सस्मिताको


इच्छा पनि उत्तिकै थियो । काठमाडौं घट्टेकुलोस्थित घरमा भएको यो ब्रतबन्ध समारोहमा सहभागि करिव चार सय आगन्तुक दंग देखिन्थे । 'अब पनि के को भेद गर्नु भनेर छोराछोरीको सँगै ब्रतबन्ध गरिदिएका


हौं' ताप्लेजुङ, ढुंगेसाँधु पुख्यौली घर भई काठमाडौं बस्ने रामप्रसादले कान्तिपुरसित भने, 'सबैले ठिकै गर्नुभयो भनेर स्यावासी दिए, खुसी लाग्यो ।' हिन्दु धार्मिक संस्कारको गलत


व्याख्या गरी नारीपुरुषमा भेदभाव हुनेगरेको भन्दै त्यसलाई हटाउन आफ्नो कामले केही भए पनि योगदान भएको पौडेलले बताए । आफन्त तथा जानकारहरुका अनुसार, २०५९ मा माओवादीबाट आफ्नै सहोदर भाई


लक्ष्मीप्रसाद पौडेल मारिएपछि वियोगले व्याकुल बनेका रामप्रसादले त्यतिबेलै जोखिम मोलेर बुहारीको कन्यादान गर्ने निधो गरेका थिए । एक वर्षमै विधवा भएकी बुहारीको उनले कन्यादान गरेर विहे गराइदिएका


थिए । तत्कालिन बुहारी र उनका नवविवाहित पतिसँग पनि उनको पारिवारिक सम्पर्क र सम्बन्ध छ । 'त्यतिबेला त निकै तनाव र दवाव खेप्नुपरेको थियो' पौडेलले भने, 'अहिले त एक/दुईजनाले मात्रै


खासखुस गरे, विरोध गर्ने कोही निस्केन ।'कानूनमा स्थातक गरेका पौडेल दम्पतीले १२ वर्षे छोरा आश्वतसँगै ८ वषिर्या छोरी ओजस्वीको पनि ब्रतबन्ध गरिदिने निचोड निकालेका थिए । बुबाआमाको


निर्णयसँगै खुसी भएकी छोरी ब्रतबन्धका लागि राजी भईन् । 'तर उनकै इच्छा अनुसार हामीले चुल्ठो राखिदियौं र गेरु बस्त्रमाथि जनै पहिर्‍याईदियौं' रामप्रसादले भने, 'अव उनले पनि दाजुले


झै जनै पहिरिन्छिन् ।' ब्रतबन्धका क्रममा छोरा सस्मितलाई हजुरबुबा र छोरी ओजस्वीलाई रामप्रसादले गायत्री मन्त्र सुनाएका थिए । प्रकाशित : वैशाख १५, २०६९ ००:३४ पुस १४, २०६९ पुस १३, २०६९ पुस


१२, २०६९ पुस ११, २०६९ पुस ११, २०६९ पुस १०, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार,


मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस


पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com