दाहाल र ओली नक्कली कम्युनिष्ट : भट्टराई

दाहाल र ओली नक्कली कम्युनिष्ट : भट्टराई

Play all audios:


गोरखा — पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली नक्कली कम्युनिष्ट भएको आरोप लगाएका छन् । <?xml encoding="UTF-8"??>


शनिबार क्षेत्र नम्बर २ को पालुङटारमा भएको नयाँ शक्ति, कांग्रेस गठनबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टको खोल ओढेकाहरुले जनतालाई भ्रममा राखेको दाबी गरे । वाम गठबन्धन छाडेर


कांग्रेससँग चुनावी तालमेल गरेको तर्फ इंकित गर्दै उनले भने, ‘मैले नक्कली कम्युनिष्ट छाडेकै हो, माक्र्सवाद छोडेको हैन । बीपी कोइराला पनि माक्र्सवादी थिए । माक्र्सवादको नाममा एकदलीय प्रणाली


बेठिक छ ।’ एमाले र माओवादीले माक्र्सवादको नाममा नेपालमा एकदलीय व्यवस्था लाद्न खोजेको उनको आरोप छ । ‘कथित कम्युनिष्टको खोले ओढेर देशलाई अलोकतान्त्रिक बाटोमा लैजाने काम भयरहेको छ’, उनले भने ।


वामपन्थी र कम्युनिष्टको फरक/फरक अर्थ हुने भट्टराईको भनाई थियो । पालुङटारमा बामगठबन्धनले गत बुधबार आयोजना गरेको चुनावी सभामा ओली र दाहालले भट्टराईले कम्युनिष्ट आन्दोलन छाडेको आरोप लगाएका थिए 


। ‘कम्युनिष्ट छाडेको भन्दै प्रजारबाजी गर्नेले सच्चा कम्युनिष्ट हो भने श्रमिक जनताका रगत र पसिनाको गन्ध सुँघेंर, उनीहरुको पीडाबोध गर्न सक्नुपर्छ नामले मात्र कम्युनिष्ट भइदैन’ भट्टराईले भने ।


लोकतन्त्रलाई जोगाउन आफुले कांग्रेस सँग सहकार्य गरेको उनले बताए । सभामा बोल्दै कांग्रेस नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुको सरकार बन्नु देशका लागि अनिष्ट हुने बताए । कांग्रेस महामन्त्री


सशांक कोइरालाले लोकतन्त्रवादीहरुले चुनाव जिते ५ वर्षमा परिवर्तन गरेर देखाउन सक्ने दावी गरे प्रकाशित : मंसिर २, २०७४ २१:५६ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय


दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस्


» उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com