३ लाख २५ हजारले गरे अनुदान सम्झौता

३ लाख २५ हजारले गरे अनुदान सम्झौता

Play all audios:


काठमाडौं — भूकम्पबाट अति प्रभावित १२ जिल्लामा निजी आवास पुनर्निर्माणमा ३ लाख घरधुरीहरूसँग अनुदान सम्झौता गरिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन


३० सम्म ३ लाख २५ हजार ५ सय ८१ घरधुरीहरुसँग अनुदान सम्झौता सम्पन्न भएको हो । <?xml encoding="UTF-8"??> पहिलो किस्ता भने ४५ हजार २ सय ८२ घरधुरीले मात्र लगेका छन् । सबैभन्दा बढी


६२ हजार ७ सय १२ घरधुरी अनुदान सम्झौता सिन्धुपाल्चोकमा भएको थियो भने कम तीनमात्र ललितपुरमा भएको छ । ललितपुरमा पहिलो किस्ताको रकम समेत दिन थालिएको छैन । करिब १ लाख २७ हजार १ सय ४७ वटा


गुनासाहरु दर्ता भएका छन् । मन्त्रालयले सबैभन्दा प्रभावित भन्दै गोरखा, सिन्धुपाल्चोक, रामेछाप, धादिङ, नुवाकोट, दोलखा, ओखलढुंगा, काभ्रेपलाञ्चोक, सिन्धुली, रसुवा, मकवानपुर र ललितपुरमा पहिलो


चरणमा अनुदान सम्झौता अघि बढाएको हो । भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि पहिचान गरिएका लाभग्राहीहरुलाई अनुदान हस्तान्तरण गर्न स्थानीयस्तरमा बैंक तथा वित्तीय संस्थाहरु मार्फत


आ–आफ्नो क्लस्टरमा परेका लाभग्राहीहरुलाई अनुदान वितरण गर्ने गरि प्रवध मिलाईएको छ । साथै, गाविस तथा नगरपालिकाहरुलाई सम्पन्न भइसकेका अनुदान सम्झौताको तेरिज छिटो माध्यमबाट जिविसमा पठाउने र


सम्बन्धित जिविसले प्राप्त तेरिज अनुसार यथासिघ्र बैंक खातामा अनुदान रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिइसकेको छ । प्रकाशित : श्रावण ३०, २०७३ १७:५० पुस १६, २०७३ पुस


१६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले


समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि.


सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com