विदेशबाट फर्किएकी महिला भन्छिन्- जहाँ गए’नि उस्तै

विदेशबाट फर्किएकी महिला भन्छिन्- जहाँ गए’नि उस्तै

Play all audios:


दमक — वैदेशिक रोजगारीबाट फर्किएका महिलाले आफूहरूलाई समाजमा शिर ठाडो गरेर बाँच्न मुस्किल भएको बताएका छन् । विदेशमा नराम्रो काम गरेर फर्केका भन्ने दृष्टिकोण राखेकाले आफूहरूलाई समाजमा स्थापित


हुन समस्या भएको बताएका छन् । <?xml encoding="UTF-8"??> एक्लै हुँदा समाजमा स्थापित हुन नसकेपछि वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरूले समूह गठन गरेर आफूलाई समाजमा स्थापित गर्ने


प्रयत्न गरेका छन् । 'वैदेशिक रोजगारीमा गएका भनेपछि नराम्रै काम गरे भन्ने समाजको हेराइले हामीलाई मार पारेको छ,' करिब १० वर्ष वैदेशिक रोजगारीमा बसेर फर्किएकी दमक ८ की चन्द्रकला


निरौला भन्छिन्, 'पुरुषहरू विदेशबाट सानमानका साथ फर्किन्छन् तर महिलाहरू फर्किंदा शिर निहुराएर र्फकनुपर्ने बाध्यता हुँदो रै'छ ।'अधिकांश महिला समृद्ध जीवनको कल्पनामा दलालको


प्रलोभनमा परेर अवैध बाटो भएर खाडी मुलुकहरूमा पुग्ने गरेका छन् । कतिपय मुलुकहरू महिलाका बन्देज भएको अवस्थामा धेरै कमाउने आशामा महिलाहरूले अवैध बाटाको प्रयोग गर्ने गरेका हुन् ।'नारकीय


जीवन भोगेर आइयो,' झापा घैलाडुब्बाकी एक महिला भन्छिन्, 'दुखै भोगे पनि काम मेहनतचाहिँ गर्नुपर्ने रहेछ भन्ने कुरा पनि सिकेर आइयो । तर के गर्नु विदेशमा पनि स्वदेशमा पनि दुःख नै


भोग्नुपरेको छ,' उनी भन्छिन्, 'नचिनेका मान्छेलाई तत्कालै विश्वास गर्नु हुँदोरहेनछ भन्ने कुरा पनि सिकियो ।'वैदेशिक रोजगारीमा जाँदा समस्या बेहोरेर फर्किएका महिलाको संरक्षणका लागि


कार्यरत शक्ति समूह झापाकी संयोजक मीना भट्टराईका अनुसार वैदेशिक रोजगारी जाँदा ठगिनेमा अधिकांश आफन्तको भर परेका महिलाको संख्या उल्लेख्य रहेको छ ।झापामा हाल करिब ५० जना यस्ता महिला आपmनो


सम्पर्कमा रहेको उनले बताइन् । 'कोही मामाबाट ठगिएका छन्, कोही काकाबाट, कोही फुपूबाट ठगिएका छन् भने कोही सानिमाबाट । कसको विश्वास गर्ने, मान्छेको व्यवहार हेर्दा दिक्दार लाग्छ ।'केही


वर्षअघि आफूलाई पनि झुक्याएर विदेश पठाएको भट्टराईको अनुभव छ । 'अस्पतालमा काम गर्ने भनेर लगेको घरको काम गर्ने ठाउँमा पुर्‍याए,' भट्टराई भन्छिन्, 'यो काम मैले स्विकारिनँ ।


दूतावासमा सम्पर्क गरेर हप्ता दिनपछि म नेपाल फर्किहालेँ ।' यो अवस्थामा पुर्‍याइएका महिलाहरू मालिकको इच्छाअनुसार चल्न बाध्य हुने उनले बताइन् ।वैदेशिक रोजगारीमा जाने महिलाहरू हिंसाको सिकार


भएका थुप्रै अनुभव पाइएका छन् । 'मालिकले भनेको नमान्दा मेरो एउटा आँखा फुटाइदियो,' एक महिला भन्छिन्, 'यस्तो अवस्था भोगेर आएपछि समाजमा कसरी शिर ठाडो गरेर हामी बाँच्न सक्छौँ त 


?'तीन वर्षअघि अवैध बाटो भएर कुबेत पुगेकी एक महिला केही महिनाअघि गर्भवती भएर फर्किन । न उनलाई घरपरिवार स्विकार्‍यो न समाजले । उनलाई शक्ति समूहले राजधानीको सेफ हाउसमा लगेर राखिएको छ 


।दमककै एक महिला वैदेशिक रोजगारीबाट फर्किंदा मानसिक सन्तुलन गुमाएर फर्केकी छन् । 'महिलाले सुरक्षित भएर काम गर्ने ठाउँ यो संसारमा कहीं रहेन छ जस्तो लाग्यो मलाई,' साउदीमै हिंसामा


परेका केही नेपाली महिलाको उद्धार गरेको अनुभव सुनाउँदै निरौला भन्छिन्, 'जबसम्म पुरुषहरूको व्यवहार र मानसिकता परिवर्तन हुँदैन तबसम्म न स्वदेशमा न विदेशमा महिलाहरू सुरक्षित हुने ठाउँ मैले


देखिनँ ।' प्रकाशित : श्रावण १५, २०६९ ०९:५३ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर


राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा


पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright


ekantipur.com