
डा. शर्मा डिनमा पुनर्वहाली
Play all audios:

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डा. शशी शर्मा चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा पुनर्वहाली भएका छन् । सर्वोच्च अदालतले आइतबार शर्मालाई बर्खास्त गर्ने त्रिभुवन
विश्वविद्यालयको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिदिएको हो । <?xml encoding="UTF-8"??> शर्मालाई त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदले २०७० पुस २६ गते नियुक्त गरेको थियो
। उनको चारवर्षे कार्यकाल आगामी बुधवार सकिँदैछ । वरिष्ठलाई पाखा लगाई कनिष्ठलाई डिन नियुक्त गरिएको र सम्बन्धनको खेल भएको भन्दै डा. गोविन्द केसीले अनसन शुरु गरेपछि त्रिभुवन विश्वविद्यालयले
शर्मालाई बर्खास्त गरेको थियो । आफूलाई विना कारण बर्खास्त गरिएको भन्दै डा. शर्माले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए । प्रकाशित : पुस २३, २०७४ १५:५७ कान्तिपुरका स्तम्भहरु हाम्रो
बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार
र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य
प्रकाशनहरु © Copyright ekantipur.com