९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

Play all audios:


काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय पर्सा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई (तरकारी जोन) का प्रमुख वीरेन्द्रप्रसाद सिन्हासहित ७


जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । <?xml encoding="UTF-8"??> फर्जी बिल र समिति बनाएको तथा किसानको अनुदान र सुविधा कटौती गरेर डेढ लाख


रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर गरिएकोमा सिन्हासहित लेखापाल सत्यनारायण सहनी, प्रधानमन्त्री कृषि आधुनिकीकरण


परियोजना इकाई पर्साका सञ्चालक समिति अध्यक्ष रामेश्वर महतो कोइरी, राकेशकुमार महतो, नितु कन्स्ट्रक्सनका प्रोपाइटर निर्माण व्यवसायी रामलाल राउत कुर्मी र निर्माण व्यवसायी सन्नी यादव छन् ।


उनीहरूविरुद्ध बिगोबराबर जरिवानाका अतिरिक्त जेलसजाय मागदाबी गरिएको छ । यसैबीच अख्तियारले बाग्लुङ जिल्ला बडीगाड गाउँपालिका–७ को श्री माझखर्क प्राथमिक विद्यालयका प्रधानाध्यापक विजयबहादुर


थापाविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयमा अध्यापन गराउने अस्थायी शिक्षिका चन्दा थापा २०७२ चैतदेखि विद्यालयमा अनुपस्थित भई जापान गएकामा थापा र मतियार आकाश थापाले


शिक्षिकाको नाममा २०७३ फागुनसम्मको तलबभत्ता खाई भ्रष्टाचार गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर अख्तियारले जनाएको छ । प्रकाशित : जेष्ठ ९, २०७६ १९:१७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा


यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र


विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य


प्रकाशनहरु © Copyright ekantipur.com