
इन्जिनियर घूससहित पक्राउ
Play all audios:

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापकसहित ७ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ भने आठौं तहका इन्जिनियरलाई घूस रकमसहित पक्राउ गरेको छ ।
<?xml encoding="UTF-8"??> कैलालीको राष्ट्रिय माविका तत्कालीन प्रअ लालकुमार झा, पूर्वप्रअ पवनकुमार महतो र व्यवस्थापन समिति अध्यक्ष गेहुप्रसाद डगौराले विद्यालयको लाखौं रकम
हिनामिना गरेकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार उनीहरूले आर्थिक वर्ष २०६६/०६७, २०६९/०७० र २०७०/०७१ मा विभिन्न शीर्षकमा विद्यालयलाई प्राप्त ५ लाख रुपैयाँभन्दा बढी
रकम हिनामिना गरेका थिए । अख्तियारले उच्च अदालत नेपालगन्ज इजलासका नायब सुब्बा कृष्णकुमार पाठक, उनका छोरा आदित्यकुमार पाठक र कार्यालय सहयोगी गयादिन गडरियाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर
गरेको छ । अदालतमा विचाराधीन मुद्दा मिलाउने भनी सेवाग्राहीसँग कृष्णकुमारले छोरामार्फत ३ लाख र गडरियाले १ लाख रुपैयाँ घूस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । अख्तियारले रूपन्देहीको
मर्चवारी गाउँपालिका–१ का रामराज यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका दुइटा भारतीय मोटरसाइकल छुटाउन जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरीलाई
१० हजार रुपैयाँ घूस रकम दिन खोजेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको उल्लेख गरेको छ । अख्तियारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर (आठौं तह) का अख्तर
मोहम्मदलाई घूस रकमसहित पक्राउ गरेको छ । खानेपानी आयोजनाको भुक्तानी क्रममा सेवाग्राहीसँग लिएको ४ लाख रुपैयाँ घूस रकमसहित मोहम्मद पक्राउ परेको अख्तियारले बताएको छ । उनलाई अख्तियारको हिरासतमा
राखी अनुसन्धान भइरहेको छ । घूस रकमको भौचरसहित २ पक्राउ शिक्षा समन्वय इकाई काभ्रेका सबइन्जिनियर धनवीर भगत र शिक्षा समन्वय इकाई भोजपुरका तत्कालीन सबइन्जिनियर नीरजकुमार चौधरीलाई घूस रकम जम्मा
गरेको भौचरसहित मंगलबार अख्तियार टोलीले पक्राउ गरेको छ । भगत र चौधरीले काभ्रेका स्कुल भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग लिएको डेढ लाख रुपैयाँ राष्ट्रिय वाणिज्य बैंक
बनेपामा जम्मा गरेका थिए । प्रकाशित : असार १८, २०७६ ०७:२० कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले
समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि.
सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com