चिनियाँ नाकामा रोकिएका सामान ल्याउनेबारे छलफल

चिनियाँ नाकामा रोकिएका सामान ल्याउनेबारे छलफल

Play all audios:


काठमाडौँ — चीनबाट सुरु भएको कोरोना भाइरस पछिल्लो समय त्यहाँ विस्तारै नियन्त्रणतर्फ गइरहेको भन्दै सरकारले नाकामा रोकिएका सामान ल्याउने बारे छलफल थालेको छ । <?xml


encoding="UTF-8"??> नेपालको वैदेशिक आयातको ठूलो हिस्सा चीनबाट हुने गरेको छ । कोरोनाको संक्रमण बढेपछि नेपाल आउने कतिपय सामान चिनियाँ नाकामा थन्‍किएका छन् । सरकारले त्यस्ता


सामाग्रीलाई नेपाल ल्याउनेबारे पहल थाल्ने भएको छ । अर्थ तथा संचारमन्त्री युवराज खतिवडाले कोरोना भाइरस रोकथाम, नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठकमा यसबारे छलफल भएको भन्दै पहल थालिने


बताएका हुन् । समितिले निजी क्षेत्रसँग गरेको छलफलमा उठेका विषयबारे उनले भने, 'चीनतर्फ संक्रमण घट्दै गएको छ । रसुवागढी र तातोपानी नाकामा धेरै समयदेखि नेपाल आउने सामान रोकिइराख्या छन् । ती


वस्तुहरू सुरक्षित रहने अवस्था रहेसम्म जाँच गरेर सुरक्षित छन् भने नेपाल ल्याइनेछ । जोखिमरहित अवस्थामा व्यापारलाई सहज गर्नुपर्छ भन्ने विषयमा पनि सुझाव आएका छन् ।' यस विषयमा छिट्टै


विभिन्न मन्त्रालयबीच छलफल गरेर कदम चालिने खतिवडाले जानकारी दिए । प्रकाशित : फाल्गुन २७, २०७६ १९:४४ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज


पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु


सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com