प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिन ९ विद्यार्थी संगठनको आह्वान

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिन ९ विद्यार्थी संगठनको आह्वान

Play all audios:


काठमाडौँ — विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै त्यसविरुद्ध आन्दोलनमा उत्रन आह्वान गरेका छन् । काठमाडौंमा मंगलबार बसेको ९


विद्यार्थी संगठनको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।


बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा जनता कोरोनाबाट छटपटिइरहँदा उनीहरूको जीवनरक्षाको दायित्वप्रति उदासीनता देखाउँदै सिंगो राष्ट्रलाई दुर्घटनातर्फ धकेल्ने कदमले व्यवस्थाप्रति नै वितृष्णा


जगाउने उल्लेख छ । संविधानको रक्षाका लागि सबै विद्यार्थी संगठनबीच सहकार्य गर्ने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।


बैठकले संयुक्त आन्दोलनमा क्रियाशील अखिल क्रान्तिकारीका नेता–कार्यकर्तालाई गैरकानुनी थुनामा राखिएको भन्दै उनीहरूलाई तत्काल रिहा गर्न माग पनि गरेको छ ।


बैठकमा नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङ, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनीष मिश्र, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठलगायत सहभागी


थिए ।


यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र


विश्लेषणलाई समेट्छ।


तपाईंको रायको पक्षमा '+ res_poll.eq(option).find('.total-votes').html() +'.