![संसद् विघटनविरुद्ध काठमाडाैंमा जसपाकाे प्रदर्शन [तस्बिरहरु]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2020/politics/jaspa-protest-dec-27-2020-ktm-9-27122020091802.jpg)
संसद् विघटनविरुद्ध काठमाडाैंमा जसपाकाे प्रदर्शन [तस्बिरहरु]
Play all audios:

काठमाडौँ — संसद् विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आइतबार काठमाडाैंमा प्रदर्शन गरेकाे छ । <?xml encoding="UTF-8"??> काठमाडाैंकाे शान्तिवाटिकाबाट सुरु भएकाे
र्याली पुतलीसडक, पद्माेदय, भद्रकाली, सुन्धारा हुँदै शान्तिवाटिका पुगेर कोणसभा हुने जसपाले जनाएकाे छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको
थियो । जसपाले यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट पुस १० गते प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने, पुस ११ गते मसाल जुलुस निकाल्ने र पुस १२ गते बृहत प्रदर्शन गर्ने
कार्यक्रम तय गरेकाे थियाे । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँगै जसपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै जसपाका नेताहरुले बिहीबार संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख अग्नी सापकोटालाई बैठक आह्वान गर्न पनि आग्रह गरेका थिए
। प्रकाशित : पुस १२, २०७७ १४:०७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल,
विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली
काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com