दोहोरो झट्का

दोहोरो झट्का

Play all audios:


काठमाडौँ — ठीक रातको तीन बजेर पाँच मिनेटमा आएको भूकम्पको आकस्मिक झट्काले राजधानी काठमाडौं प्रकम्पित भयो । <?xml encoding="UTF-8"??> टोलमा बेस्सरी हल्लीखल्ली मच्चिएकोले म पनि


हतार– हतार घरबाट बाहिरिएँ । गणेशथानको मोडनेर सीतारामजी भेटिए । ‘भूकम्प आएको थाहा पाउनुभयो, सीतारामजी ?’ मैले एक सासमा सोधेंँ । ‘जय नेपाल ।’ उनले जवाफमा भने । मेरो छिमेकी सीताराम कँडेल उग्र


जयनेपालवादी कांग्रेसी हुन् । नेपाली कांग्रेस पार्टीका मझौला स्तरका नेता । एक पटक मेयरमा उठेर मजाले हारेका । अर्थात् झन्डै जितेका । ‘यो रातमा केको जयनेपाल ?’ मैले चिढिएर भनँें, ‘धेरै पछि


भूकम्प आयो नि सीतारामजी ।’ ‘यो कम्युनिस्टहरूका बदमासी हो ।’ सीतारामजी क्रुद्ध मुडमा थिए । ‘होइन, म त भूकम्पको कुरो पो गरिरहेको छु, सीतारामजी ।’ ‘कम्युनिस्टहरूका कुनै विश्वास हँुदैन ।’ ‘के


भन्दैछ यो ?’ मैले मनमनै भनेर सीतारामजीको अनुहारमा गडेर हेरँें । ‘कम्युनिस्टहरूका भरोसा गरे यस्तै हुन्छ ।’ सीतारामजी आफ्नै रटानमा थिए । ‘यो के भनिरहनुभएको हो, सीतारामजी ?’ म दंग परेको थिएँ ।


‘होइन सीतारामजी, तपाई अघिदेखि एकनासले के भनिरहनुभएको छ ?’ मैले विरक्तिएर भनेंँ, ‘भर्खरै भूकम्प आएको चाल पाउनु भएन ?’ ‘म भूकम्पकै त कुरो गरिरहेको छु ।’ उनले रोषका साथ मलाई हेरे,


‘कम्युनिस्टहरू काम लाग्दैनन् ।’ ‘तपाईं के कम्युनिस्ट–कम्युनिस्ट भनिरहनुभएको छ ?’ मेरो स्वर चर्कियो । ‘कम्युनिस्टहरू यस्तै हुन्छन् ।’ उनको स्वर पनि ठूलो भयो । यो भूकम्प कति रेक्टरको थियो,


मलाई थाहा भएन । सम्भवत: तीन रेक्टरको थियो । अथवा साढे तीन रेक्टरको थियो कि ? राजधानी काठमाडौं नै केन्द्र भएको भूकम्प त्यति ठूलोचाहिँं थिएन । तर अचम्म के छ भने यसले नेपालको एक ठूलो पार्टी


नेपाली कांग्रेस पार्टीलाई ठूलो धक्का दिएको थियो । उसो भए के यो राजनीतिक भूकम्प थियो त ? यसको प्रत्यक्ष प्रमाण बनेर कट्टर कांग्रेसी सीतारामजी मसमक्ष उभिएका थिए । अहिले उनी मोबाइल फोनमा कसैसँग


एकहोरो संवाद गरिरहेका थिए । (उताको आवाज सुनिएन) । ‘जयनेपाल बानियाजी ।’ ‘यो कम्युनिस्टहरूको चाल हो ।’ ‘भूकम्प त्यसै आएको होइन, बानियाजी ।’ ‘रामचन्द्र पौडेलसँग कुरा गर्नुभएन ?’ ‘डाइरेक्ट


महामन्त्री शशांक कोइरालासँग गरे पनि हुन्छ ।’ ‘होइन, कम्युनिस्टहरूका चालामालासँग तपाई पनि त परिचित हुनुहुन्छ ।’ ‘मैले कम्युनिस्टहरूबारे त्यस्तै भनेको होइन, बानियाजी ।’ ‘मैले पहिले नै भनेको


होइन त बानियाजी ?’ ‘भूकम्पबारे नै भनिरहेको छु, बानियाजी ।’ ‘कम्युनिस्टहरूलाई म राम्ररी चिन्छु ।’ ‘यो भूकम्प त्यसै आएको होइन ?’ ‘तपाई मेरो कुरामा अविश्वास नगर्नाेस्, बानियाजी ।’ ‘भूकम्पकै


कुरो हो नि †×’ ‘कम्युनिस्टहरूलाई त्यसै छाड्नुहुन्न ।’ ‘प्रधानमन्त्री शेरबहादुरजीसँग पनि सम्पर्क गर्नुपर्छ ।’ ‘भूकम्प भनेर हुन्छ, बानियाजी ?’ ‘सही भन्नुभयो, कम्युनिस्टहरूबारे तपाईले ।’ ‘यही


भूकम्पलाई लिनोस् ।’ ‘हो, कम्युनिस्टहरू नै ।’ मेरो परम कांग्रेसी छिमेकी सीताराम कँडेलको मोबाइल फोनमा बातचितको सिलसिला कायमै थियो । यतिखेरै एक्कासी मलाई मंगलबारका दिन राष्ट्रिय सभागृहमा भएको


वाम एकता घोषणासभाको सम्झना भयो । अर्थात् नेकपा एमाले, नेकपा माओवादी (केन्द्र) र नयाँ शक्ति पार्टीको । यस लगत्तै राति राजधानी काठमाडौंमा भूकम्प आएको हो । कतै दोहोरो मारमा परेर नेपाली कांग्रेस


हल्लिरहेको त होइन ? प्रकाशित : आश्विन २१, २०७४ ०७:५१ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार,


विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल


बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com