द्वन्द्वको समयमा कब्जा जग्गा खाली गराइयो- अन्य - कान्तिपुर समाचार

द्वन्द्वको समयमा कब्जा जग्गा खाली गराइयो- अन्य - कान्तिपुर समाचार

Play all audios:


अन्यद्वन्द्वको समयमा कब्जा जग्गा खाली गराइयोमाओवादी द्वन्द्वका समयमा कब्जा गरी सुकुम्बासीलाई वितरण गरेको जग्गा शुक्रबार खाली गराइएको छ । रामनगर मिर्चैयाका वीरेन्द्र साहको जग्गामा माओवादीले


सुकुम्बासी दलित बस्ती बसालेको थियो ।जग्गाधनीले डोजर प्रयोग गरी बस्तीका सबै घर भत्काएपछि आगजनी गरेको पीडित रेमनीदेवी रामले बताइन् । जग्गाधनी पक्षका ५ सयभन्दा बढी स्थानीय युवालगायतका व्यक्तिले


उक्त बस्ती खाली गराउन आएको उनले बताइन् ।वीरेन्द्र साहले आफूले पटकपटक स्थानीय प्रहरी प्रशासनमा निवेदन दिएर जग्गा खाली गराई दिन आग्रह गर्दै आए पनि खाली नगराई दिएपछि आफैंले खाली गराएको बताए ।


साहले आफ्नो जग्गामा बसोबास गर्दै आएकाहरूलाई पनि जग्गा खाली गर्न आग्रह गर्दै आएको र यो एक महिनादेखि आआफ्नो घरमा भएको सम्पूर्ण सामग्री खाली गर्न समेत आग्रह गरेको बताए । उनीहरूले आफ्नो घरमा


भएको सबै सामग्री र गाई वस्तु लगे पनि केही नेताहरूले उक्साएको कारण घर भत्काउन नमानेपछि आफैंले भत्काउन बाध्य भएको साहले बताए । साहले ती घरमा आफ्ना मान्छेले आगलागी नगरेको तर चुल्होमा भएको आगो


घर भत्काउने क्रमसँगै सल्केको दाबी गरे ।पीडित शोभित चौधरीले आफूहरूलाई घर हटाउनु पर्ने वा जग्गा खाली गर्ने बारे कसैले कुनै जानकारी नदिएको बताए । चौधरीका अनुसार बिहीबार साँझदेखि केही व्यक्ति


आएर जबरजस्ती जग्गा खाली गर्नुपर्ने भन्दै धम्की दिएको र आज बिहानैदेखि डोजर ल्याएर घर भत्काउन थालेको बताए । घरमा भएको कुनै पनि सामग्री निकाल्न नपाएको र उनीहरूले आगलागीसमेत गरिदिएको गुनसो पोखे


।दुई सय परिवारका घर भत्काएर आगलागी गर्दा २५ लाख भन्दा बढीको क्षति भएको पीडित गीतादेवी पासवाले बताइन् । पासमानले वीरेन्द्र साह पक्षका व्यक्तिहरूले धम्की दिएकाले बस्तीभरिका पुरुष जति सबै डरले


भागेको बताइन् ।मातृका यादव र महेन्द्र पासमानलाई पटक पटक आफूहरूको घर भत्काइरहेको भनी जानकारी गराए पनि आउँदै छु आउँदै छु भन्दै नआएको उनले गुनासो पोखे ।पीडित कुसमीदेवी रामले माओवादीका महेन्द्र


पासवानलाई तत्काल आउन आग्रह गरेपछि आफूहरूलाई कुचो तथा घरेलु हतियार लिएर लडाई गर्न भनेको तर वीरेन्द्र साहको पक्षको ५ सय जति मानिस भएकाले प्रतिकार गर्न हिम्मत नआएको बताइन् ।बच्चाको विषयमा भएको


सानो विवादमा आफूहरूका लागि बोल्न सक्ने मोहम्मद हीरालाई प्रहरीले बिहीबार राति नै बिना कारण पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेको उनले गुनासो पोखिन् ।इलाका प्रहरी कार्यालय


मिर्चैयाका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले बिहीबार राति उक्त बस्तीमा भएको झडपमा खुकुरीसहित झगडा गर्न आएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए ।२०६२ सालमा पूर्व राजा


ज्ञानेन्द्रकी बहिनी शोभा शाहासँग कल्याणपुर जब्दी ६ का साहले उक्त ५ विघा १० कठ्ठा जग्गा खरिद गरेका थिए ।उक्त जग्गा माओवादीले जनयुद्धको समयमा २०५५ सालमा कब्जा गरी सुकुम्बासी बस्ती बसालेको


स्थानीयवासीले बताए । उक्त जग्गा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारका गृहमन्त्री वामदेव गौतमले खाली गर्न दिएको आदेशबमोजिम २ सय ५० जना प्रहरी परिचालन गरी २०६४ सालमा


सुकुम्बासीहरूको घर टहरा भत्काएका थिए तर दाहालकै नेतृत्वकै सरकारका अर्का भूमि सुधार तथा व्यवस्थामन्त्री मातृकाप्रसाद यादवले घर भत्काएको अर्को दिन घर टहरा निर्माण गर्न लगाई पूनः कब्जा गरेका


थिए । उक्त विवादका कारण मातृकाले भूमि सुधार तथा व्यवस्था मन्त्री पदबाट राजिनामा दिनुका साथै एकीकृत माओवादी पार्टी समेत त्यागेर नेकपा माओवादी पार्टी गठन गरेका थिए ।साहका मानिसहरूले घर भत्क


ाई रहँदा कुनै किसिमको अमानवीय घटना नहोस् भनी मिर्चैया प्रहरी कडा निगरानी राखेको तर घर नभत्काउनुस् भनी कसैले भन्न नआएको स्थानीय प्रत्यक्षदर्शी धनेस्वर यादवले बताए ।उक्त जग्गामा भएको घर


भत्काएर खाली गराएपछि स्थानीय व्यापारी, युवा, नागरिक समाज, राजनीतिक दलका नेता तथा कायकर्तासमेत खुसी देखिएका थिए । यसैबीच, मातृका यादव नेतृत्वको नेकपा माओवादीका जनकपुर सगरमाथा ब्युरो इन्चार्ज


जगत यादव र मोहन बैद्य नेतृत्वका नेकपा-माओवादीका मिथिला राज्य समितिका कृष्ण सिंह दनुवारले शुक्रबार सुंयुक्त विज्ञप्ति जारी गरी उक्त घटनाको भत्सर्ना गरेका छन् । विज्ञप्तीमा यो घटनालाई तत्काल


नरोके यसबाट निस्किने परिणामको जिम्मेबारी साह र प्रहरी प्रशासनलाई लिनुपर्ने उल्लेख छ ।उक्त घटनाको विरोधमा पूर्वपश्चिम राजमार्गको गोलबजारमा एक घण्टा मातृका र बैद्य समूहका कार्यकर्ताले


नाराजुलुस गर्दै चक्काजाम गरेका थिए । प्रहर उपरीक्षक राजेशलाल कर्णले जग्गाधनीले आफ्नो जग्गा खाली गराएको यसमा आफूले कुनै अप्रिय घटना नहोस् र कसैलाई कुनै किसिमको अभद्र व्यवहार नहोस् भनी प्रहरी


परिचालन गरेको बताए । प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद ढकालले जग्गा धनी उक्त जग्गा खाली गराउन उजुरीसमेत दिएको तर उनीहरू आफैले जग्गा खाली गराएको बताए ।घर भत्काएपछि भएको आगलागी ।भत्किएको घरमा


आमा छोरी ।घर भत्काउँदै वीरेन्द्र साह तर्फका मानिसहरू ।कब्जा गरिएको जग्गा खाली गराउन शुक्रबार डोजर प्रयोग गरिँदै ।तस्बिरहरु देव नारायण साह/ईकान्तिपुरअसार २२, २०६९ देवनारायण साह


Facebook


Messenger


Whatsapp


Viber


Twiter


Copy Link


सिरहा — माओवादी द्वन्द्वका समयमा कब्जा गरी सुकुम्बासीलाई वितरण गरेको जग्गा शुक्रबार खाली गराइएको छ । रामनगर मिर्चैयाका वीरेन्द्र साहको जग्गामा माओवादीले सुकुम्बासी दलित बस्ती बसालेको थियो ।


जग्गाधनीले डोजर प्रयोग गरी बस्तीका सबै घर भत्काएपछि आगजनी गरेको पीडित रेमनीदेवी रामले बताइन् । जग्गाधनी पक्षका ५ सयभन्दा बढी स्थानीय युवालगायतका व्यक्तिले उक्त बस्ती खाली गराउन आएको उनले


बताइन् ।वीरेन्द्र साहले आफूले पटकपटक स्थानीय प्रहरी प्रशासनमा निवेदन दिएर जग्गा खाली गराई दिन आग्रह गर्दै आए पनि खाली नगराई दिएपछि आफैंले खाली गराएको बताए । साहले आफ्नो जग्गामा बसोबास गर्दै


आएकाहरूलाई पनि जग्गा खाली गर्न आग्रह गर्दै आएको र यो एक महिनादेखि आआफ्नो घरमा भएको सम्पूर्ण सामग्री खाली गर्न समेत आग्रह गरेको बताए । उनीहरूले आफ्नो घरमा भएको सबै सामग्री र गाई वस्तु लगे पनि


केही नेताहरूले उक्साएको कारण घर भत्काउन नमानेपछि आफैंले भत्काउन बाध्य भएको साहले बताए । साहले ती घरमा आफ्ना मान्छेले आगलागी नगरेको तर चुल्होमा भएको आगो घर भत्काउने क्रमसँगै सल्केको दाबी गरे


 ।पीडित शोभित चौधरीले आफूहरूलाई घर हटाउनु पर्ने वा जग्गा खाली गर्ने बारे कसैले कुनै जानकारी नदिएको बताए । चौधरीका अनुसार बिहीबार साँझदेखि केही व्यक्ति आएर जबरजस्ती जग्गा खाली गर्नुपर्ने


भन्दै धम्की दिएको र आज बिहानैदेखि डोजर ल्याएर घर भत्काउन थालेको बताए । घरमा भएको कुनै पनि सामग्री निकाल्न नपाएको र उनीहरूले आगलागीसमेत गरिदिएको गुनसो पोखे ।दुई सय परिवारका घर भत्काएर आगलागी


गर्दा २५ लाख भन्दा बढीको क्षति भएको पीडित गीतादेवी पासवाले बताइन् । पासमानले वीरेन्द्र साह पक्षका व्यक्तिहरूले धम्की दिएकाले बस्तीभरिका पुरुष जति सबै डरले भागेको बताइन् ।मातृका यादव र


महेन्द्र पासमानलाई पटक पटक आफूहरूको घर भत्काइरहेको भनी जानकारी गराए पनि आउँदै छु आउँदै छु भन्दै नआएको उनले गुनासो पोखे ।पीडित कुसमीदेवी रामले माओवादीका महेन्द्र पासवानलाई तत्काल आउन आग्रह


गरेपछि आफूहरूलाई कुचो तथा घरेलु हतियार लिएर लडाई गर्न भनेको तर वीरेन्द्र साहको पक्षको ५ सय जति मानिस भएकाले प्रतिकार गर्न हिम्मत नआएको बताइन् ।बच्चाको विषयमा भएको सानो विवादमा आफूहरूका लागि


बोल्न सक्ने मोहम्मद हीरालाई प्रहरीले बिहीबार राति नै बिना कारण पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेको उनले गुनासो पोखिन् ।इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी निरीक्षक


राजकुमार कार्कीले बिहीबार राति उक्त बस्तीमा भएको झडपमा खुकुरीसहित झगडा गर्न आएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए ।२०६२ सालमा पूर्व राजा ज्ञानेन्द्रकी बहिनी शोभा शाहासँग कल्याणपुर


जब्दी ६ का साहले उक्त ५ विघा १० कठ्ठा जग्गा खरिद गरेका थिए ।उक्त जग्गा माओवादीले जनयुद्धको समयमा २०५५ सालमा कब्जा गरी सुकुम्बासी बस्ती बसालेको स्थानीयवासीले बताए । उक्त जग्गा तत्कालीन


प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारका गृहमन्त्री वामदेव गौतमले खाली गर्न दिएको आदेशबमोजिम २ सय ५० जना प्रहरी परिचालन गरी २०६४ सालमा सुकुम्बासीहरूको घर टहरा भत्काएका थिए तर दाहालकै


नेतृत्वकै सरकारका अर्का भूमि सुधार तथा व्यवस्थामन्त्री मातृकाप्रसाद यादवले घर भत्काएको अर्को दिन घर टहरा निर्माण गर्न लगाई पूनः कब्जा गरेका थिए । उक्त विवादका कारण मातृकाले भूमि सुधार तथा


व्यवस्था मन्त्री पदबाट राजिनामा दिनुका साथै एकीकृत माओवादी पार्टी समेत त्यागेर नेकपा माओवादी पार्टी गठन गरेका थिए ।साहका मानिसहरूले घर भत्काई रहँदा कुनै किसिमको अमानवीय घटना नहोस् भनी


मिर्चैया प्रहरी कडा निगरानी राखेको तर घर नभत्काउनुस् भनी कसैले भन्न नआएको स्थानीय प्रत्यक्षदर्शी धनेस्वर यादवले बताए ।उक्त जग्गामा भएको घर भत्काएर खाली गराएपछि स्थानीय व्यापारी, यु


वा, नागरिक समाज, राजनीतिक दलका नेता तथा कायकर्तासमेत खुसी देखिएका थिए । यसैबीच, मातृका यादव नेतृत्वको नेकपा माओवादीका जनकपुर सगरमाथा ब्युरो इन्चार्ज जगत यादव र मोहन बैद्य नेतृत्वका


नेकपा-माओवादीका मिथिला राज्य समितिका कृष्ण सिंह दनुवारले शुक्रबार सुंयुक्त विज्ञप्ति जारी गरी उक्त घटनाको भत्सर्ना गरेका छन् । विज्ञप्तीमा यो घटनालाई तत्काल नरोके यसबाट निस्किने परिणामको


जिम्मेबारी साह र प्रहरी प्रशासनलाई लिनुपर्ने उल्लेख छ ।उक्त घटनाको विरोधमा पूर्वपश्चिम राजमार्गको गोलबजारमा एक घण्टा मातृका र बैद्य समूहका कार्यकर्ताले नाराजुलुस गर्दै चक्काजाम गरेका थिए ।


प्रहर उपरीक्षक राजेशलाल कर्णले जग्गाधनीले आफ्नो जग्गा खाली गराएको यसमा आफूले कुनै अप्रिय घटना नहोस् र कसैलाई कुनै किसिमको अभद्र व्यवहार नहोस् भनी प्रहरी परिचालन गरेको बताए । प्रमुख जिल्ला


अधिकारी ध्रुवप्रसाद ढकालले जग्गा धनी उक्त जग्गा खाली गराउन उजुरीसमेत दिएको तर उनीहरू आफैले जग्गा खाली गराएको बताए ।घर भत्काएपछि भएको आगलागी ।भत्किएको घरमा आमा छोरी ।घर भत्काउँदै वीरेन्द्र


साह तर्फका मानिसहरू ।कब्जा गरिएको जग्गा खाली गराउन शुक्रबार डोजर प्रयोग गरिँदै ।तस्बिरहरु देव नारायण साह/ईकान्तिपुर


प्रकाशित : असार २२, २०६९ १८:३८