
विवादका कारण कामु मुख्य सचिव तोकिएन
Play all audios:

काठमाडौ — प्रधानमन्त्री बाबुराम भट्टराई र मधेसी मोर्चाबाट मन्त्री रहेकाहरुबीच कुरा नमिलेपछि कायम मुकायम मुख्य सचिव तोक्ने बहुप्रतिक्षित विषय शुक्रबारको मन्त्रिपरिषद् बैठकमा प्रवेश नै पाएन ।
<?xml encoding="UTF-8"??> मन्त्रिपरिषद्को बैठक बस्नुपूर्व प्रधानमन्त्री र केही वरिष्ठ मन्त्रीहरुबीच भएको अनौपचारिक छलफलमा कसलाई कामु मुख्य सचिव बनाउने विषयमा सहमति हुन सकेन ।
स्रोतका अनुसार प्रधानमन्त्रीले लिलामणि पौडेलको नाम प्रस्ताव गरेपछि मधेसी मोर्चाका मन्त्रीहरुले वरिष्ठता मिच्ने नै भए उमाकान्त झालाई बनाउनुपर्ने अडान लिएका थिए । स्रोतले भन्यो मधेसी
मन्त्रीहरुको अडान थियो 'कि सबैभन्दा वरिष्ठ सचिव शंकर कोइरालालई बनाउँ वा वरिष्ठता मिच्ने नभै भए पहिलो पटक मधेसी मुख्य सचिव बनाऊ ।' प्रधानमन्त्री र मन्त्रीहरुबीच कुरा नमिलेपछि कामु
मुख्य सचिव तोक्ने प्रस्तावलाई मन्त्रिपरिषद्को औपचारिक बैठकमा एजेन्डा नै बनाइएन । साउन २० मा तीनवर्षे पदावधि पूरा हुने मुख्यसचिव माधव घिमिरे आइतबारदेखि बिदामा बस्ने भएपछि वरिष्ठतम १३
सचिवमध्ये एकजनालाई कायममुकायम तोक्ने तयारी थियो । दुई अध्यादेश पारितयसैबीच बैठकले संविधानसभा निर्वाचनको तयारी स्वरुप संविधानसभा निर्वाचन ऐन संशोधनका लागि तयार पारिएको दुई वटा अध्यादेश पारित
गरी राष्ट्रपति समक्ष पेस गर्ने निर्णय गरेको छ ।बैठकले संविधानसभा निर्वाचन २०६९ सम्बन्धी अध्यादेश र निर्वाचनसम्बन्धी ऐन २०६९ लाई सामान्य सुधार र संशोधन गर्नेसम्बन्धी अध्यादेश पारित गरेको
अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए । उक्त अध्यादेशले निर्वाचनको वातावरण बनाउने पुनले बताए । सेनामा बढुवा त्यस्तै महासेनानी गौरव टण्डेललाई सहायक रथीमा तथा प्रमुख सेनानीद्वय बिनय बिक्रम राण
र मिनध्वज खड्कालाई महासेनानीमा बढुवा गरिएको छ । उपरथी प्रदीप बिक्रम राणालाई संयुक्त राष्ट्र संघीय शान्ति मिसन कंगोमा डेपुटी कमान्डरमा प्रतिस्पर्धा गर्न स्विकृति प्रदान गरेको छ । यसैगरी
बैठकले मट्टतिेलमा लगाउँदै आएको भ्याट हटाउने निर्णय गरेको मन्त्री पुनले जानकारी दिए । मट्टतेलमा अहिले भ्याट नै लगाइएको नेपाल आयल निगमका निमित्त महाप्रबन्धक सुरेश अग्रवालले बतए । भ्याट
नलागाइको मट्टतेलबाट भ्याट हटाइएको निर्णयप्रति उनले आश्चर्य व्यक्त गरे । वाणिज्य मन्त्रालयका सहसचिव दिपक सुवेदीले पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तु भएकाले सबै पेट्रोलियम पदार्थमा भ्याट हटाउन
पहिले नै प्रस्ताव पठाइएको बताए । प्रकाशित : श्रावण १२, २०६९ ११:०२ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो
वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र
विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य
प्रकाशनहरु © Copyright ekantipur.com