
विकास र सरादेवी च्याम्पियन
Play all audios:

काठमाडौ — राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले छैटौं कृष्णमोहन स्मृति खुला ब्याडमिन्टनको पुरुष सिंगल्सको उपाधि शनिबार पहिलोपल्ट हात पारेका छन् । <?xml encoding="UTF-8"??>
उनले रामसिंह चौधरीको चुनौती २१-१३ र २१-१६ ले समाप्त पारे ।नेपाल पुलिस क्लबका विकासले खेलजीवनमा दोस्रोपल्ट सिंगल्स उपाधिमाथि कब्जा जमाए । उनले गत चैतमा भएको राष्ट्रिय खेलकुदमा पहिलो उपाधि
जितेका थिए । प्रतिष्ठित प्रतियोगिताका रूपमा चिनिएको कृष्णमोहन ब्याडमिन्टनमा उनी पहिलोपल्ट फाइनल पुगे र च्याम्पियन पनि बने ।'यो प्रतियोगिता पहिलोपल्ट जित्दा धेरै खुसी लागेको छ,'
विकासले भने, 'जितपछि मैले खुट्टाको चोट पनि बिर्सेको छु । स्म्यास राम्रोसँग चल्यो र सजिलै जित्न सकें ।' रामसिंहमाथि ३२ मिनेटमा जित निकालेका विकासले उपाधिसँगै ५० हजार रुपैयाँ प्राप्त
गरे ।'सोचेभन्दा सजिलै फाइनल जितें,' २२ वषर्ीय भोजपुरका खेलाडीले भने, 'रामसिंंहले मलाई रोक्ने कुनै अवसर पाएनन् । उनले नेगेटिभ अंक पनि दिए ।' विकास अघिल्लो संस्करणको
प्रतियोगितामा रामसिंहसँग सेमिफाइनलमा पराजित भएका थिए ।विकासले सुरुदेखि आक्रामक खेल खेले । उनले सुरुदेखिको अग्रता कायम राखेर पहिलो सेट सजिलै जिते । दोस्रो खेलमा भने रामसिंहले र्फकने सम्भावना
देखाएका थिए । उनले १३-३ ले पछाडि परेको स्थितिमा खेल १३-११ मा ल्याएका थिए । अन्तिममा रामसिंहको प्रहार आउट भएपछि विकासले म्याच प्वाइन्ट प्राप्त गरे । पुरुष डबल्समा रत्नजित र विकासको जोडी
सुरुदेखि आक्रामक रूपमा उत्रियो । दुवैले राम्रो आपसी तालमेलले दोस्रो सेटमा जित निकाले ।रामसिंहले भने सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताए । 'मैले सोचेजस्तो खेल्न सकिनँ,' नेसनल लाइफ
इन्स्योरेन्सका खेलाडीले भने, 'मेरो मुभमेन्ट नै हुन सकेन । यति सजिलै खेल फुत्किएला भन्ने सोचेको थिइनँ ।' रामसिंह पुरुष डबल्सको पनि फाइनलमा पराजित भए । उनी र बैंक अफ एसियाका नवराज
जोशीको जोडीलाई रत्नजित तामाङ र विकेक श्रेष्ठको जोडीले सोझो सेटमै २१-१६ र २१-१८ ले हरायो । महिला सिंगल्सको उपाधि आर्मीकी सरादेवी तामाङले जितिन् । उनले पूजा श्रेष्ठलाई २१-११ र २१-१० ले हराइन्
। सरादेवीले दोस्रोपल्ट उक्त प्रतियोगिताको उपाधि जितेकी हुन् । उनले २७ मिनेटमा जित निकालेकी थिइन् । 'सजिलै जित्न सकें,' सरादेवीले भनिन्, 'खेल त्यति प्रतिस्पर्धात्मक हुन सकेन ।
यो प्रतियोगिता दोस्रोपल्ट जित्न पाउँदा खुसी लागेको छ ।' यस्तै ४५ वर्षमाथिको भेट्रान्स डबल्समा पुलिसका सुरेन्द्र सिंह र हेमन्त पालको जोडीले बागलुङका पवनकुमार श्रेष्ठ र राजेन्द्रप्रसाद
शाक्यको जोडीमाथि २१-१९ र २१-१६ को जित हात पार्यो । प्रकाशित : फाल्गुन २३, २०६६ ०७:५८ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ कान्तिपुरका स्तम्भहरु
हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका
समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा
अन्य प्रकाशनहरु © Copyright ekantipur.com