
ओलाङचुङगोलाका बासिन्दालाई चीनले पठायो राहत
Play all audios:

ताप्लेजुङ — चीनले टिप्ताला भन्ज्याङ नाकाका सीमावर्ती बासिन्दालाई खाद्यसँगै स्वास्थ्य सामग्री सहयोग गरेको छ । चिनियाँ टोलीले सोमबार सीमामै आएर पीपीई, थर्मल गन, मास्कसँगै चामल, पिठोलगायत खाद्य
सामग्री उपलब्ध गराएको हो । <?xml encoding="UTF-8"??> ओलाङचुङगोला र याङमाका बासिन्दालाई टाउको गनेर प्रतिबोराका दरले चामल र मैदाको पिठो आएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता
छेतेन वालुङले बताए । त्यस्तै घरधुरीका हिसाबले नुन, चिनी र दूध पाउडर पनि आएको छ । नेपालसँग जोडिएको डिङजे काउन्टीले उपलब्ध गराएको सामान चिनियाँ टोलीले टिप्ताला भन्ज्याङसम्म ल्याइदिएको छ ।
सामग्री बुझ्न वडाध्यक्ष र वडा सदस्यसहितको टोली सिमानासम्म पुगेको थियो । प्रवक्ता वालुङका अनुसार चीनले २ सय ५३ बोरा चामल र त्यत्तिकै परिमाणमा पिठो दिएको छ । प्रत्येक बोरा २५ किलोको छ । गोलामा
५३ र याङ्मामा १० घर छन् । प्रहरी चौकी, स्वास्थ्य चौकी र आधारभूत विद्यालयसमेतका लागि ६५ बोरा नुन–चीनी र ६५ कार्टुन दूध पाउडर र खाने तेल आएको छ । ‘उनीहरूले ट्यांकरमा ल्याएर सिमानामा जिम्मा
लगाए,’ वालुङले भने, ‘सिमानादेखि ओलाङचुङ र याङमाका बासिन्दाले आफैंले बोकेर ल्याउनुपर्छ ।’ त्यहाँबाट गाउँसम्म आउने सडक हिउँले अवरुद्ध भएकाले प्रत्येक घरधुरी आफैंले गएर ल्याउने कि के गर्ने
भन्ने छलफल भइरहेको उनले बताए । स्वास्थ्य सामग्रीअन्तर्गत १० थान पीपीई, ५ थान थर्मल गन र २ सय ५३ थान एन–१९ मास्क रहेको वडाध्यक्ष छेतेन शेर्पा भोटेले बताए । स्वास्थ्य सामग्री गाउँपालिकाको
कार्यालयमा ल्याइने वालुङले जानकारी दिए । प्रत्येक वर्ष हिउँ बिलाएपछि सीमावर्ती बासिन्दा खाद्य सामग्री खरिद गर्न चिनियाँ बजार जान्छन् । कोरोनाका कारण सिमाना बन्द भएकाले अहिले नियमित आउजाउ छैन
। त्यसैले पनि चिनियाँले सहयोग गरेको वालुङले बताए । सिमानादेखि गोलाको बस्तीसम्मको दुरी २४ किलोमिटर छ । याङमा गोलाभन्दा टाढा छ । ‘यो खाद्यान्नले पुग्दैन,’ वडाध्यक्ष शेर्पाले भने, ‘अब सिमाना
खुलाउन अनुरोध गरेर फेरि वर्षदिनका लागि खाद्यान्न ढुवानी गर्नुपर्छ ।’ प्रकाशित : वैशाख २९, २०७७ ११:२८ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज
पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु
सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com