फायरफक्सको ‘कमब्याक’

फायरफक्सको ‘कमब्याक’

Play all audios:


काठमाडौँ — मोजिल्लाले आफ्नो वेब ब्राउजर फायरफक्समा केही सुधार गरेको छ जसले प्रयोगकर्तालाई अनलाइनमा सुरक्षित बनाउन मद्दत गर्छ । यसका केही फिचर : <?xml encoding="UTF-8"??>


अनलाइनमार्फत केही किन्यो भने त्यस्तै सामानको विज्ञापनले हामीलाई कहीँ गए पनि छाड्दैन । वेब ब्राउजरमा केही वेबसाइट खोलेर चलाए ल्यापटपको ब्याट्री छिट्टै सकिन्छ । वेब पेजमा हेर्दै गर्दा आफैं


प्ले हुने भिडियोहरूले पनि त वाक्क बनाउँछ नि ? अनलाइन उदेकलाग्दो भइसकेको छ । वेब रिस उठ्दो मात्रै होइन, असुरक्षित पनि भएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरो त यो व्यापारको थलो भएको छ । हामी


हाम्रो गोपनीयता अनलाइनलाई दिन्छौं र त्यसको बदलामा पाउँछौं धेरैभन्दा धेरै झर्को लाग्दा विज्ञापन । यी सबै कारणले पनि केही भिन्न प्रकारको ब्राउजर चलाउने बेला आएको छ । फायरफक्स याद छ ?


गैरनाफामूलक कम्पनी मोजिल्लाले बनाएको यो ब्राउजर सन् २००० ताका निकै प्रख्यात थियो । तर, जब गुगलले २००८ मा क्रोम रिलिज गर्‍यो, यसको पतन सुरु भयो । फायरफक्सभन्दा त्यतिबेला क्रोम निकै छिटो,


सुरक्षित र बहुआयामिक थियो । यसको अर्को कारण पनि छ, गुगलले सार्वजनिक गरेको क्रोममा उसले आफ्ना प्रडक्टका लागि विशेष फिचरहरू पनि थप्दै गयो । यही लहैलहैमा प्रयोगकर्ता उसतर्फ आकर्षित भए । अहिले


मोजिल्लाले फायरफक्सलाई पुनर्निर्माण गरेको छ । मोजिल्लाले गत वर्ष ‘क्वान्टम’ नाम दिएर फायरफक्सको नयाँ भर्सन सार्वजनिक गरेको थियो । फायरफक्सको नयाँ भर्सन देख्दै छरितो छ र काम गर्दा छिटो पनि छ 


। यसले सीपीयूको मेमोरी कम खपत गर्छ जसले गर्दा धेरै वटा ट्याब खोलेर ब्राउज गर्दा पनि कम्प्युटर ह्याङ हुँदैन । यस्तै फायरफक्समा अब प्राइभेसी टुल उपलब्ध छ जसले विभिन्न वेबसाइटले गर्ने


ट्रयाकिङलाई निष्क्रिय पारिदिन्छ । जसले गर्दा तपाईंले ब्राउजरमा जे चलायो त्यस्तै खालका विज्ञापन देखिरहनु पर्दैन । साथै, तपाईंको वेब हिस्ट्रीका आधारमा अरू कसैले तपाईंले अनलाइनमा देख्ने सामग्री


निर्धारण गर्दैन । नयाँ प्राइभेसी फिचरअहिले सबैभन्दा चलेको क्रोम र नयाँ फायरफक्स दुवैमा हजारौं प्रकारका एक्सटेन्सन हालेर चलाउन सकिन्छ । जसले हामीले गर्ने वेब ब्राउजिङलाई सहज बनाउँछ । यद्यपि


फायरफक्समा भन्दा क्रोममा धेरै एक्टेन्सनहरू हाल्न मिल्छ । त्यसो हुँदा पनि क्रोममा गर्न सकिने र फायरफक्समा गर्न नसकिने भन्ने त्यस्तो केही काम नै छैन । दुवैमा पासवर्ड व्यवस्थापन गर्नका लागि


प्रयोग हुने ‘वानपासवर्ड’ चलाउन मिल्छ । दुवैमा कुनै वेबसाइट खोल्दा भिडियो आफैं प्ले हुन रोक्ने एक्सटेन्सन हाल्न मिल्छ । यस्तै धेरै अनलाइन सुरक्षाविद्ले एड ब्लक गर्न सिफारिस गरेको ‘यूब्लक


ओरिजिन’ दुवैमा चल्छ । फायरफक्समा ‘फेसबुक कन्टेनर’ भन्ने एक्सटेन्सन छ । यो भने नयाँ हो । यसले फेसबुकले ट्रयाक गर्ने हाम्रो सबै ब्राउजिङ क्रियाकलापलाई बन्द गरिदिन्छ । उक्त एक्सटेन्सनले


फेसबुकका लागि मात्रै छुट्टै ‘स्थान’ निर्धारित गरिदिन्छ जसका कारण त्यहाँबाट बाहिर के भइरहेको छ, फेसबुकले पत्तो पाउन कठिन हुन्छ । फायरफक्सको प्राइभेसी सेटिङमा गएर ट्रयाकिङ सुरक्षालाई अन गरे


विभिन्न वेबसाइटले संकलन गर्ने हाम्रो अनलाइन क्रियाकलाप असम्भव तुल्याइदिन्छ । अनलाइन डेस्कटप ब्राउजरहरूको बजारमा अहिले पनि क्रोम नै सबैभन्दा अगाडि छ । क्रोमको बजार हिस्सा ६७ प्रतिशत छ भने


दोस्रो स्थानमा रहेको फायरफक्सको जम्मा १२ प्रतिशत छ । यस्तै माइक्रोस्फट एजको बजार हिस्सा मात्र ७ प्रतिशत छ भने एप्पल सफारीको ५.५ प्रतिशत छ । उपभोक्ताका हिसाबले भन्दा मोजिल्लाको आगामी दिन


राम्रो हुनेछ ।अन्य सामान्य ब्राउजरभन्दा फरक मोजिल्लाले फायरफक्स फोकस नामको अर्को मोबाइल ब्राउजर उपलब्ध गराउँछ जसले ब्राउजरमार्फत हुने जानकारी संकलनलाई रोक्छ । फायरफक्स फोकस बन्द


गर्नेबित्तिकै यसको ब्राउजिङ हिस्ट्री स्वत: डिलिट हुन्छ । ब्राउजर गैरनाफामूलक कम्पनी भएकाले यसका विज्ञापनकर्ताहरूसँग केही लिनु–दिनु हुन्न । यसले आफ्ना प्रडक्टमार्फत सर्च भएको हिसाबमा गुगल र


बिङ जस्ता सर्च साइटबाट थोरै रकम भने पाउँछ । –एजेन्सी _[email protected]_ प्रकाशित : श्रावण ४, २०७५ ११:०१ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक


न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु


सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com