माथिल्लो तामाकोसीमा कर्मचारी विवाद

माथिल्लो तामाकोसीमा कर्मचारी विवाद

Play all audios:


दोलखा — बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा बढी कर्मचारीको भार भन्दै अन्यत्र सरुवा गरिरहेका बेला नयाँ भर्तीलाई पनि निरन्तरता दिइएको रहस्य खुलेको छ । <?xml


encoding="UTF-8"??> विद्युत् प्राधिकरणले बढी भएकाले कर्मचारी फिर्ता लिने बेलासम्म आयोजनामा विभिन्न माध्यमबाट २५ जना करारमा नियुक्त भएको पाइएको छ । आयोजनाबाट १८ जनालाई सरुवा


गरेपछि आन्दोलनमा उत्रिएका कर्मचारीलाई प्राधिकरणले 'ओभर स्टाफिङ' भन्ने स्पष्टीकरण दिएको थियो । मन्त्रीले कार्यकर्ता भर्ती गर्न कार्यरत कर्मचारीलाई सरुवा गरिएको आरोप लगाएका थिए ।


भर्तीलाई सहज बनाउन प्राधिकरण सञ्चालक समितिले एकदेखि सातौं तहसम्म अस्थायी दरबन्दी राख्न पाउने गरी विनियम संशोधन निर्णय गरेपछि कर्मचारीहरू झन सशंकित भएका थिए ।बढी तलव र सुविधा पाइनाले


प्राधिकरणका कर्मचारीहरू आयोजनामा जान लोभिने गर्छन् । सुविधाका लागि कम नभएका कर्मचारी राखिँदा देशकै सस्तो भनेको आयोजना महँगो हुँदै जाने माथिल्लो तामाकोसी आयोजना सरोकार समिति संयोजक दिव्यध्वज


कार्कीले बताए । त्यति धेरै कर्मचारी आवश्यक नरहेकाले सरुवाकै विषयलाई लिएर तामाकोसीको कामलाई अवरोध गर्न नमिल्ने उनको धारणा छ ।प्राधिरकणबाट आएका कर्मचारी बढी भएको आयोजनामा २५ जना नयाँ भर्ती


गरेर ९७ जना पुर्‍याइएको विषयमा कसैले चासो देखाएको छैन । नयाँ भर्तीमा परेकाहरू कुनै प्रक्रियाबाट त कुनै भनसुनबाट नियुक्ति लिएका छन् । इन्जिनियर, चालक, कुक र हेल्पर पदमा नयाँ भर्ना गरिएको


पाइएको छ । नयाँ भर्तीमा वास्ता नगर्ने प्राधिकरणले स्थायी पुराना इन्जिनियरलगायतलाई भने धमाधम फिर्ता बोलाएको छ । उही पदमा नयाँ भर्ती गर्दा बेवास्त गर्ने तर पुरानालाई फिर्ता बोलाउने प्राधिकरणको


पछिल्लो स्पष्टोक्ति आफैंमा बाझिएको छ । अहिले तामाकोसीमा ७२ जना कर्मचारीहरू प्राधिकरणबाट खटिएका छन् ।अपर तामाकोसी कर्मचारी समन्वन्य समितिका संयोजक तथा इन्जिनियर विमल गुरुङले ओभर स्टाफिङ


भन्नु नयाँ आसेपासे भर्ना गर्ने षड्यन्त्र मात्र भएको आरोप लगाउँछन् । बेलैमा अयोजना सम्पन्न गर्न ९७ मात्र होइन २ सय कर्मचारी आवश्यक पर्ने उनले दाबी गरे । नभई नहुने पुराना कर्मचारी फिर्ता


बोलाएर आसेपासे राख्ने नीतिले आयोजनाको काम संकटमा पर्ने हुँदा नियमसंगत गर्न समन्वन्य समिति बनाइएको पनि उनले बताए ।विरोधपछि ४५६ मेगावाटको स्वदेशी लगानीमा बन्ने माथिल्लो तामाकोसी आयोजनामा भएको


सरुवालाई प्राधिकरण र ट्रेड युनियनको सहमतिले बदर गरेको छ । प्रकाशित : फाल्गुन २९, २०६६ ०९:१६ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ कान्तिपुरका


स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका


विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000


+977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com