
४ वर्षीया नृत्यांगना (भिडियोसहित)
Play all audios:

नेपालगन्ज — उनी भर्खर चार वर्ष पुगिन् । तर, नृत्य भने कुनै प्रशिक्षित नृत्यांगनाको भन्दा कम छैन । संगीतको ताल र गीतको भावलाई आफ्नो नृत्यमा उतारेकी एन्जल बिष्टले नेपालगन्जको बहुसांस्कृतिक
शान्ति–सद्भाव उत्सवमा वाहवाही पाएकी छिन् । <?xml encoding="UTF-8"??> मगर भेषभुषामा चिटिक्क सजिएकी एन्जल त्यसै पनि धेरैको नजरमा परिसकेकी थिइन् । सांस्कृतिक उत्सवका सहभागीहरु
उनीसँग सेल्फी लिएर रमाइरहेका थिए । खुला एकल नृत्य र शो डान्सहरु राखिएको उत्सवको झण्डै अन्त्यतिर एन्जल जब मञ्चमा पुगिन्, दर्शकदिर्घा मन्त्रमुग्ध भयो । ‘नाच्न र गाउन हुरुक्कै हुन्छिन्,’
एन्जलका बुबा सुनिलले इकान्तिपुरसित भने, 'एक पटक सिकाएपछि स्टेप बिगार्दिनन् । बाँके सितापुर-४ स्थित एल गाउँको गुराँस चाइल्डहुड एकडेमीमा भखरै नर्सरी कक्षामा भर्ना भएकी एन्जलको नृत्य रुची
देखेर हतारहतार भेषभुषा तयार गरेर शो नृत्यका लागि ल्याएको उनले बताए । त्यसो त, एन्जलका बुवा सुनिल र आमा शीला पनि राम्रा डान्सर हुन् । नृत्य प्रस्तुतिकै क्रममा उनीहरु प्रेम विवाह भएको थियो ।
‘घरको माहोलले पनि एन्जलमा नृत्य प्रतिभा देखिएको छ,’ सुनिलले भने । प्रकाशित : मंसिर ६, २०७३ १७:५९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज
पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु
सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com