हाम्रो विचार

हाम्रो विचार

Play all audios:


नयाँ संविधानसँग सम्बन्धित विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको कार्यकाल आइतबारबाट अरू ११ दिन थपिएको छ ।


मुलुकका अधिकांश पर्यटकीय होटल यतिबेला भरिभराउ छन् । मुलुक पर्यटकमय भएको छ । राजधानीका पाँचतारेमात्र होइन, पर्यटकीय केन्द्र ठमेल, पोखरा, चितवनदेखि सगरमाथा, अन्नपूर्णदेखि इलामसम्म पाहुना


पुगेका छन् ।


लिबियाको एक निर्माण कम्पनीमा कार्यरत कम्तीमा ६७ जना नेपाली कामदारहरूले तलब न्यून भएको र ओभरटाइम श्रम गर्दा त्यसबापतको मूल्य नपाएको भन्दै आन्दोलन गरेपछि कम्पनीले उनीहरूलाई बन्धक बनाएको छ ।


शिक्षा क्षेत्रका विकृति र राजनीतीकरण रोकेर तत्काल सुधार नथाले मुलुकको सामुदायिक शिक्षा केही वर्षभित्र ध्वस्त हुनसक्ने अवस्थामा पुगेको छ ।


संयुक्त राष्ट्रसंघका राजनीतिक मामिलासम्बन्धी विभाग हेर्ने उपमहासचिव बी लिन पास्कोले नेपालको राजनीतिक नेतृत्वबीच सहमति हुन नसके ँअन्य शक्तिको विकास हुने’ र उनीहरूले नियन्त्रण कायम गर्नसक्ने’


अत्यन्त गम्भीर विश्लेषण कान्तिपुरसँगको अन्तर्वार्तामार्फत सार्वजनिक गरेका छन् ।


मध्यदसैं सकिएर उत्तरार्द्धतिर आउँदै गर्दा राजनीतिक गत्यावरोध अन्त्यका प्रयासहरू पुनः प्रारम्भ हुनथालेका छन् ।


सम्पूर्ण देशमा दसैंको रौनक छाएको छ । नौरथाका दिनहरू बित्दै जाँदा के सहर, के गाउँ सम्पूर्ण ठाउँमा चहलपहल बढेको छ । सत्ता राजनीतिको खिचातानी केही दिनका लागि थाँतीमा राख्दै मुलुक दसैंमय भएको छ 


। राजधानीको दैनिक कोलाहलपूर्ण वातावरण केही शान्त देखिएको छ भने दूरदराजका विकट गाउँठाउँका गतिविधि ह्वात्तै बढेको छ ।


सरकारले तराई-मधेसको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन विशेष सुरक्षा योजना लागू गरे पनि त्यसले त्यहाँको अवस्थामा तात्त्विक भिन्नता ल्याउन सकेको छैन । तराईका जिल्लामा जनस्तरमा सुरक्षा अनुभूति


हुन सकिरहेको छैन ।


एक महिनाअघि विश्व क्रिकेट लिग डिभिजन-४ मा नेपालको पुरुष राष्ट्रिय टिम फाइनलमा पुग्न नसकेको निराशा १९ वर्षमुनिका चेलीहरूको समूहले मेटेको छ । दुई वर्षअघि थाइल्यान्डमा हात पारेको एसीसी यू-१९


वुमेन्स च्याम्पियनसिपको उपाधिमाथि नेपाली चेलीहरूले फेरि एकपटक विजय पाएका छन् ।


दसैको चहलपहल र चटारो बढ्दै जाँदा सहरमा चोरीचकारी र लुटपाट पनि त्यही मात्रामा बढ्दै गएको छ । उसै पनि गृहप्रशासनबाट शान्ति सुरक्षाको पूर्णत प्रत्याभूति प्राप्त गर्न नसकेका जनताले चाडपर्वका


बेलामा समेत लुटिने त्रासबाट मुक्ति पाउन सकेका छैनन् ।


यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र


विश्लेषणलाई समेट्छ।