
६ गाविसमा नेपाली रुपैयाँ चल्दैन
Play all audios:

बैतडी — भारतसित सीमा जोडिएका तल्ल्लोस्वराड क्षेत्रका आधा दर्जन गाविसमा नेपाली रुपैयाँ चल्दैन । यहाँका बासिन्दाले भारतीय रुपैयाँबाटै कारोबार चलाउँछन् । भारतीय चम्पावतसित जोडिएका महाकाली
किनारका पञ्चेश्वर, शर्माली, महाकाली, गिरेगाडा, रोडिदेवललगायत ८ गाविसमा भारतीय मुद्रा चलनचल्तीमा छ । <?xml encoding="UTF-8"??> भारतसित सीमा जोडिएका तल्ल्लोस्वराड क्षेत्रका आधा
दर्जन गाविसमा नेपाली रुपैयाँ चल्दैन । यहाँका बासिन्दाले भारतीय रुपैयाँबाटै कारोबार चलाउँछन् ।भारतीय चम्पावतसित जोडिएका महाकाली किनारका पञ्चेश्वर, शर्माली, महाकाली, गिरेगाडा, रोडिदेवललगायत ८
गाविसमा भारतीय मुद्रा चलनचल्तीमा छ । यहाँबाट सदरमुकाम आउजाउ गर्नसमेत भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्य छ ।सडक सुविधाबाट दुई दिन पैदल टाढाका यहाँका बासिन्दाले नेपाली नागरिकताबाहेक अन्य
सेवा नपाएको गुनासो गरे । तीन दशकसम्म निर्माणाधीन पाटन-पञ्चेश्वर सडक निर्माण पूरा नहुँदा यहाँका बासिन्दा भारतीय बजारको भर पर्नुपर्छ । सबै कुरामा भारत निर्भर भएकाले स्थानीयले यो क्षेत्रलाई
गुमदेश भन्ने गरेको गिरेगाडाका रमेशसिंह भण्डारीले बताए । भारतसित मात्र कारोबार हुने भएकाले सर्वसाधारणले सरकारी निकायबाट आएको बजेट भारतीय रुपैयाँ मात्रै बुझ्ने गरेको शर्मालीका करन साउदले बताए
। 'सबै कारोबार भारतमै हुने गरेको छ, नेपालको नागरिकताबाहेक कुनै सुविधा छैन ।' साउदले भने, 'यातायात र सदरमुकामसितको पहुँच नहुँदा नेपाली रुपैयाँ नचल्ने गरेको हो ।' दैनिक
उपभोग्यलगायत सबै सामान भारतीय बजारमा खरिद बिक्री गर्नुपर्ने भएकाले भारतीय मुद्रामा कारोबार गर्न सजिलो हुने गरेको स्थानीय व्यापारी बताउँछन् । नुन, तेल र खाद्यान्नलगायत उपभोग्य सामग्रीका लागि
भारतीय बजार लुहाघाट, चम्पावत जाने बाध्यता रहेकाले नेपाली मुद्रामा कारोबार नहुने गरेको स्थानीयवासी बताउँछन् । स्थानीय उत्पादन र गाविसमार्फत वितरण गरिने सामाजिक सुरक्षा भत्ता र विकास बजेटसमेत
भारतीय मुद्रा सटही गरेर बाँड्नुपरेको महाकाली गाविस सचिव उदयसिंह चाडले बताए । 'सदरमुकाम आएर भारतीय रुपैयाँ साटेर गाउँ जानुपर्छ,' सचिव चाडले भने ।त्यस क्षेत्रका आधा दर्जन संघसंस्थाले
दर्जनौंपटक ज्ञापन बुझाए पनि यातायातलगायत आधारभूत सुविधा पुर्याउन सरकारी पहल नभएको गुनासो गरे । 'पाटन-पञ्चेश्वर सडक निर्माणमा जोड दिन दर्जनौंपटक माग गर्र्यौं ।' कुलावका तारा
चन्दले भने, 'दलका कार्यकर्ता र कर्मचारी आएको बजेट खानमात्रै लाग्छन्, यातायात नहुँदा स्वदेशको मुद्रासमेत चिन्दैनन् ।' तल्लोस्वराड क्षेत्रको समस्याबारे नेता र जिल्ला परिषद्बाट
बर्सेनि आश्वासन पाए पनि सुविधा नपाएको स्थानीयको गुनासो छ । प्रकाशित : कार्तिक १३, २०६९ १४:०२ पुस १३, २०६९ पुस १२, २०६९ पुस ११, २०६९ पुस ९, २०६९ पुस ६, २०६९ पुस ५, २०६९ कान्तिपुरका स्तम्भहरु
हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका
समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा
अन्य प्रकाशनहरु © Copyright ekantipur.com