भदौ १६ को त्रासदी नदोहोरियोस्

भदौ १६ को त्रासदी नदोहोरियोस्

Play all audios:


काठमाडौ — वैदेशिक रोजगारीको क्षेत्रको 'कालो दिन भदौ १६' आज (बुधबार) ६ वर्ष पुगेको छ । त्यस दिन मुलुकभरका वैदेशिक रोजगार व्यवसायीका साथै अन्य क्षेत्रले बिना कुनै गल्ती ठूलो मूल्य


चुकाउनुपरेको थियो । <?xml encoding="UTF-8"??> वैदेशिक रोजगारीको क्षेत्रको 'कालो दिन (भदौ १६' आज -बुधबार) ६ वर्ष पुगेको छ । त्यस दिन मुलुकभरका वैदेशिक रोजगार


व्यवसायीका साथै अन्य क्षेत्रले बिना कुनै गल्ती ठूलो मूल्य चुकाउनुपरेको थियो । २०६१ भदौ १६ गते राजधनीवासीमा अनायासै नयाँ अवस्था देखे । धेरै नेपालीलाई लागेको थिएन, १२ जना निर्दोष नेपालीको


इराकमा घााटी रेटेर क्रूर हत्या गरिन्छ भनेर । अनि नेपाली अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको वैदेशिक रोजगार व्यवसायीलाई सडकमा ल्याएर जिउँदै जलाउने प्रयत्न गरिन्छ भनेर । यस्तै भयो । भौतिक


संरचनालाई समाप्त पारियो । राजधानीको वातावरण कालो धूवाँमा परिवर्तन भयो । आक्रमण र तोडफोडमा रमाइरहेका झुन्डले वैदेशिक रोजगार व्यवसायीलाई मात्र नभई कल्सल्टेन्सी, सञ्चारमाध्यम, जामे मस्जिद, कतार


एयरवेज, ग्रुपफोरजस्ता सयौंको संख्यामा सेवा प्रदायक संस्थालाई निसाना बनाए । जे गर्न मन लाग्यो गरे, करोडौं लुटे । गल्ती नगरेका व्यवसायी घरबाट खोलैखोला भागेर आफन्तको शरणमा पुगे । के दोष थियो


ती निर्दोष १२ जना युवाको ? गरिबी अशिक्षा र अभावले पिरोलेर बाध्य भई आफ्नो ज्यान माया मारेर आय आर्जनको बाटो खोज्दै बिदेसिएका थिए । ३ सय २५ वटा मेनपावर कम्पनीको के दोष थियो ? कुनै एउटा कम्पनीले


आफ्नो फाइदाको लागि गैरकानुनी काम गर्दा उनीहरू किन पीडित हुनुपर्ने ? बिडम्बना, एकातिर ती युवाले ज्यान गुमाउनुपर्‍यो भने अर्कोतिर निर्दोष रहेका ३ सय २५ म्यानपावर कम्पनीसमेत ठूलो सजायको


भागीदार हुनुपर्‍यो । सारा आय, आर्जन, अस्तित्व, इज्जत, केवल ४/५ घन्टाको अन्तरमा गुमाउनुपर्‍यो ।यो घटनापछि व्यवसायीले सम्पत्ति मात्र गुमाउनुपरेन यस क्षेत्रको विकास धेरै पछि पर्‍यो । नेपालीको


हत्याले आहतमध्ये केही व्यक्तिले त्यसबेला नियतबस फाइदा उठाए होलान् । तर मुलुकले के पायो ? त्यसबेला नेपाली कसरी इराक पुगे र त्यस बेला किन यस्तो समस्या आयो भन्नेबारेको सतर्कता अझै कम छ । एउटाले


गल्ती गर्दा सबै व्यवसायीले पाएको दुःख र पहिलेको अवस्थामा आउन परेको समस्या सच्चिएको छैन । कुनैले गल्ती गर्दा सबैलाई मुछ्ने परम्परा अझै कायम छ । त्यो दिन सम्झँदा हातखुट्टा काँपिरहेका छन् ।


फेरि त्यस बेला ताण्डव नृत्य हेरी मात्र रहने राजनीतिज्ञदेखि प्रशासकसम्मले अहिले पनि नहिच्किचाई रेमिट्यान्स र वैदेशिक रोजगारले देश धानेको कुरा सभा समारोहमा निरन्तर ओकलिरहँदा भने अनौठो लाग्छ ।


अझ सुरक्षा दस्ता त्यस बेला तोडफोडमा सघाउन तल्लीन रहे । आम व्यवसायी क्षतिपूर्तिका लागि लडिरहेका छन् । कति व्यवसायी त पलायन नै भए । राज्य सञ्चालकले हाम्रो आवाज सुन्दैन । हाम्रो नसुने पनि १२


युवाको सन्तानका लागि भए पनि केही गरे हुन्थ्यो नि । घटना भयो, आयोग बनायो पेपरको ठेली बनाएर जनताको आाखामा छारो हाल्यो यति मात्र हो सञ्चालकहरूको दिनचर्या ? हामी अझै भौतिक रूपमा नभए पनि मानसिक


रूपमा भदौ १६ को अवस्थामा छौं, बिना गल्ती । आज पनि त्यो दिन सम्झन्छु । खोलै खोला भाग्दै गर्दाको सम्झना आउाछ । आशा गरौं, त्यो दिन फेरि नआओस् । (लेखक वैदेशिक रोजगार व्यवसायी संघका प्रथम


उपाध्यक्ष हुन्) प्रकाशित : भाद्र १६, २०६७ ०९:३४ पुस १६, २०६७ पुस १६, २०६७ पुस १५, २०६७ पुस १५, २०६७ पुस १५, २०६७ पुस १५, २०६७ कान्तिपुरका स्तम्भहरु * Ekantipur is dedicated to keeping its


readers well-informed about the dynamic world of business, finance, and economics. We cover Nepal's economic landscape, financial markets, and entrepreneurial endeavors comprehensively.


Our coverage includes breaking news on Nepal's economic policies, political decisions, monetary plans, and budgets, as well as international economics, banking, money markets, stock


exchanges, and more. Whether you're an investor looking for the latest updates on the Nepal Stock Exchange or a business enthusiast interested in the success stories of entrepreneurs,


we've got it all. Explore our coverage of IPO openings and results, Nepal's remittances, and their role in the national economy, and stay updated on the government of Nepal's


economic initiatives and their impact on the local economy. हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन,


खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क,


थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com