अरूले पनि सिकून्

अरूले पनि सिकून्

Play all audios:


काठमाडौँ — छोटो समयमा पढ्न र विचार वा विविध क्षेत्रको परिस्थिति बुझ्न सहज हुने भएकाले होला, पत्रपत्रिकामा प्रकाशन हुने पाठक पत्रमा धेरैका आँखा पुग्छन्  । पत्रिका हातमा पर्नासाथ आम पाठकले


पहिलो पानामा सरर्र आँखा दौडाएपछि पाठक पत्रको पाना पल्टाउन पुग्छन्  । <?xml encoding="UTF-8"??> यसमा प्रकाशित टिप्पणीमा रुचि बढेकाले मैले पनि छोटामिठा गुनासा लेख्न थालेंँ ।


आफ्ना रचना राष्ट्रिय पत्रपत्रिकामा आम पाठकले पढिदिएको थाहा पाउँदा र कहिलेकाहीं पाठकहरूबाट त्यही ढंगको प्रतिक्रिया सुन्न पाउँदा अचाक्ली रमाइलो लाग्नेरहेछ । यसो भएकाले होला, थोरै समयको बसाइमा


पनि केही लेखेर पठाइहाल्ने बानी पर्‍यो । महत्त्व दिएर छापिदिने पत्रिकाहरूलाई सधैं धन्यवाद दिने गरेको छु । पाठक पत्रको यही महत्त्व बुझेकाले होला, कान्तिपुरले केही समय अघिदेखि शनिबार पनि


पाठकपत्र छाप्ने गरेको छ । अन्य पत्रिकाले पनि यस्ता कार्यको अनुकरण गरिदिए आमपाठक अझ लाभान्वित हुने थिए कि ?_– कृष्ण कुम्पुरे, धादिङ_ प्रकाशित : चैत्र १३, २०७५ १२:०० कान्तिपुरका स्तम्भहरु


हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका


समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा


अन्य प्रकाशनहरु © Copyright ekantipur.com