अजय र शाहरुख एउटै विज्ञापनमा देखिँदा सामाजिक संजालमा मिमको वर्षा!

अजय र शाहरुख एउटै विज्ञापनमा देखिँदा सामाजिक संजालमा मिमको वर्षा!

Play all audios:


काठमाडौँ — बलिउडका दुई सुपरस्टार अजय देवगन र शाहरुख खानबारे धेरै लामो समयदेखि लेखिँदै आएको छ- यी दुईको सम्बन्ध राम्रो छैन । झन्डै ३० वर्षअघि बलिउड प्रवेश गरेका शाहरुख र अजयका फिल्म एकैपटक


प्रदर्शनमा आउँदा पनि उनीहरुबीच दुश्मनीका खबरहरु बेलाबेला उड्ने गरेका थिए । उनीहरुले एउटै फिल्ममा अभिनय गर्ने खबर पनि आउने र हराउने गरिरहेका थिए । <?xml encoding="UTF-8"??>


यसपटक भने यी दुई साँच्चिकै सँगै देखिएका छन् तर कुनै फिल्म वा सिरिजमा नभइ एउटा विज्ञपानमा । एउटा पान मसलाको विज्ञापनमा यी दुईलाई सँगै देखिएको छ । अजय देवगनले ब्रान्ड एम्बेसडरका रुपमा केही


वर्षदेखि यो पान मसलाको विज्ञापन गरिरहेका थिए । स्वास्थ्यलाई हानी पुर्‍याउने चिजको विज्ञापन गरेको भनी अजयको निकै आलोचना पनि भइरहेको थियो । त्यसमा शाहरुख पनि थपिएपछि अहिले भारतीय सामाजिक संजाल


प्रयोगकर्ताहरुले यसमा कडा प्रतिक्रिया व्यक्त गरेका छन् । अजय र शाहरुखको यो विज्ञपानलाई लिएर बनाइएका मिमहरु छ्यापछ्याप्ती भएका छन् । निकै थोरै समय दिएर स्टारहरुले ठूलो कमाइ गर्ने माध्यमका


रुपमा विज्ञापनलाई लिइने गरिन्छ । पछिल्ला वर्षमा फिल्ममा लगातार असफल भएपछि शाहरुखले ब्रेक लिएका छन् । अजय भने फिल्ममा सफल भइरहेका छन् । स्वास्थ्यलाई हानी गर्ने चिजको प्रचारमा देखिएको भनेर


अजयसँगै शाहरुखमाथि पनि फ्यानहरुले प्रश्न उठाएका छन् । केहीले त कोरोना महामारीका कारण आर्थिक अवस्था खस्किएकाले शाहरुखले यस्तो विज्ञापनमा अभिनय गर्नुपरेको भन्दै मजाक उडाएका पनि छन् । केहीले


भने यस्तो विज्ञापनमा देखिनुभन्दा त खाली नै बस्नु ठीक भनेर लेखेका छन् । १९९५ मा आएको राकेश रोशनको फिल्म 'करण अर्जुन'मा शाहरुख र अजयसँगै देखिनेवाला थिए । फिल्मको केही दिनको सुटिङपछि


अजयले यो फिल्म छोडेका थिए । पछि त्यो भूमिकामा सलमान खान देखिए । त्यसैबेलादेखि अजय र शाहरुखको सम्बन्ध राम्रो मानिदैन । अजयसँग 'सिंघम' र 'गोलमाल' शृंखला बनाएका निर्देशक


रोहित शेट्टीले शाहरुखलाई लिएर 'चेन्नई एक्सप्रेस' र 'दिलवाले' बनाएपछि भने रोहितको फिल्ममा यी दुवै सँगै देखिनसक्ने अनुमान हुने गरेका थिए । तीन दशक लामो करिअरमा यी दुईले


एउटै फिल्ममा अभिनय गरेका थिएनन् । शाहरुखले करण जौहरसँग मिलेर निर्माण गरेको फिल्म 'काल'मा अजयले मुख्य भूमिकामा अभिनय गरेका थिए । यो फिल्ममा शाहरुख एउटा गीतमा देखिए पनि अजय र उनको


सँगै कुनै दृश्य थिएन । शाहरुखको फिल्म 'जब तक है जान' र अजयको 'सन अफ सरदार' एकै दिन रिलिज हुँदा यी दुईको द्वन्द्व निकै बढेको थियो । पछि फेरि शाहरुखले अतिथि भूमिकामा अभिनय


गरेको करण जौहरको फिल्म 'ए दिल है मुस्किल' र अजयको 'शिवाय' एकै दिन रिलिज हुँदा पनि दुईका बीच तनाव देखिएको थियो । मजाक उडाउनेहरुले ठूल्ठूला निर्माता/निर्देशकले एकसाथ


फिल्ममा ल्याउन नसकेका सुपरस्टारहरुलाई एउटा पान मसलाले सँगै ल्याएको भनेर पनि उडाइरहेका छन् । प्रकाशित : चैत्र ११, २०७७ १३:३७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय


दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस्


» उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com