अवैध क्लिनिक उद्घाटनमा सांसद

अवैध क्लिनिक उद्घाटनमा सांसद

Play all audios:


पर्वत — जिल्लाको डिमुवामा दर्ताबिनै क्लिनिक सञ्चालनमा ल्याइएको छ । उक्त क्लिनिक बुधबार सुरक्षा निकायका उच्च अधिकारीदेखि सांसद, प्रमुख जिल्ला अधिकारी, दलका नेताको व्यापक सहभागिताबीच उद्घाटन


गरियो । <?xml encoding="UTF-8"??> कोरियाली चिकित्सकको सहयोगमा ‘समग्र स्वास्थ्य सेवा नेपाल’ (होसो) नामको एनजीओले सञ्चालनमा ल्याएको क्लिनिक सांसद अर्जुनप्रसाद जोशीले उद्घाटन


गरेका हुन् ।कार्यक्रममा क्लिनिकको वैधानिकताबारे कसैले कुरा उठाएनन् । प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाह, पश्चिम क्षेत्रीय प्रहरी प्रमुख कमलसिंह बम, धौलागिरी अञ्चल प्रहरी प्रमुख


छविलाल जोशी, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन सिलवाल र जिल्ला प्रहरी प्रमुख शेखर खनाल सहभागी थिए । त्यस्तै पर्वत कांग्रेस सभापति खिमप्रसाद भुसाल, एमाले सचिव पदमपाणि शर्मा र सल्लाहकार


मेघनाथ सुवेदीसहित अधिकांश दलका जिल्ला नेता, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, स्थानीय विकास अधिकारी युवराज पौडेल, राष्ट्रिय अनुसन्धान अधिकृत विष्णु पण्डितलगायत अधिकांश सरकारी


कार्यालयका प्रमुख पनि उपस्थित थिए । गृहमन्त्रालयले केही दिनअघि ‘एनजीओको कार्यक्रममा नजान’ सम्बद्ध मातहतमा निर्देशन जारी गरे पनि प्रअिजसँगै जिम्मेवार अधिकारीले कार्यक्रममा डेढ घण्टा बिताए ।


कार्यक्रमबाट फर्किएपछि ‘विधिवत् दर्ता नलिई चलाउन लागेको क्लिनिकबारे थाहा थिएन ?’ भन्ने प्रश्नमा प्रजिअ मरासिनीले भने, ‘स्वास्थ्य शिविरको स्वीकृति लिएका रहेछन्, क्लिनिक चलाउन पाउँm भनेर


निवेदन दिएको सुन्नमा आएको छ ।’ शिविर र क्लिनिक सँगसँगै सञ्चालन गर्न खोजे पनि आफूले स्वीकृति लिएर मात्रै चलाउनु भनेको उनले बताए । क्लिनिक सञ्चालनमा सहयोगी कोरियन चिकित्सकलाई स्वास्थ्यमन्त्री


गगन थापाद्वारा हस्ताक्षरित प्रमाणपत्र वितरण गरिएको थियो । स्रोतका अनुसार ‘होसो नेपाल’ नामक एनजीओ गत असोजमा काठमाडौं जिल्ला प्रशासनमा दर्ता भएको हो । उक्त संस्थाले पर्वतमा सेवा सञ्चालन गर्न


अनुमति लिएको छैन । ‘केही समयअघि प्रशासनमा निवेदन दिएको थियो,’ स्रोतले भन्यो, ‘प्रक्रिया पुर्‍याएर मात्रै आउनू भनेर प्रशासनले फिर्ता पठाएको थियो ।’ स्वास्थ्य सेवा ऐनअन्तर्गत क्लिनिक सञ्चालनका


लागि १५ शय्यासहितको सुविधासम्पन्न भवन, एक्स–रे, ईसीजी सेवाका जनशक्ति र प्रविधि लगायतको प्रमाण जिल्ला अस्पतालमा पेस गर्नुपर्छ । अस्पतालको मेडिकल टिमको अनुगमनपछि मापदण्ड पूरा गरे/नगरेका


आधारमा स्वास्थ्य समितिले निर्णय लिनुपर्ने प्रावधान छ । तर, उक्त क्लिनिकले दर्ताका लागि सामान्य निवेदनबाहेक कुनै कागजात पनि पेस नगरेको अस्पतालका प्रशासन अधिकृत पोषनाथ आचार्यले बताए । ‘एउटा


निवेदन आएको छ, अरू आवश्यक डकुमेन्ट ल्याउन भनेका छौं,’ उनले भने, ‘दर्ताको प्रमाणपत्र नलिईकन बोर्ड राख्न पनि पाइँदैन ।’ आयोजकले क्लिनिक रहेको भवनसहित कार्यक्रमस्थलमा होर्डिङ बोर्ड र


प्रचारप्रसारमा समेत ‘ख्वाजु क्लिनिक’ को उद्घाटन भनी प्रचार गरे पनि औपचारिक कार्यक्रममा ‘स्वास्थ्य शिविर’ वाक्यांश प्रयोग गरिएको थियो । ‘होसो नेपाल’ का अध्यक्ष रुद्र शर्माले केही कागजात पूरा


हुन बाँकी रहेकाले बोर्ड राखे पनि क्लिनिकका सेवा दर्तापछि मात्रै सञ्चालन हुने बताए । ‘दर्ता प्रक्रियामा छौं, त्यसका लागि केही दिन लाग्ने देखिएको छ,’ उनले भने, ‘त्यस बेलासम्मका लागि नि:शुल्क


शिविर मात्रै सञ्चालन गर्ने हो । क्लिनिकका सेवा चलाउँदैनौं ।’ जिल्ला अस्पतालबाट भने उनीहरूले एकदिने शिविरका लागि मात्रै अनुमति लिएको खुलेको छ । असुरक्षित गर्भपतनले ज्यानकै जोखिमबिजुवार


(प्यूठान)– फोप्ली ५ भीरकुनाकी ४० वर्षीया लोकी रोकाको पेटमा ३ महिनाको गर्भ थियो । ३ छोरा र २ छोरी भएपछि रोका दम्पतीले अर्को बच्चा नजन्माउने निर्णय गरे । लोकीले गाउँमै तीन वर्षअघि खुलेको


नारायण मेडिकल हलबाट औषधि किनेर खाइन् । त्यो औषधिले झन्डै उनको ज्यान लियो ।अत्यधिक रक्तश्रावले गम्भीर अवस्थामा जिल्ला अस्पताल बिजुवार आइपुगेकी उनलाई पाँच दिनसम्म राखेर ७ पिन्ट रगत दिएर


चिकित्सकले ज्यान बचाए । पढलेख नगरेकी लोकीले यसरी धेरैले गर्भ फाल्ने औषधि खाने गरेकाले आफूले पनि किनेर खाएको बताइन् । ‘यस्तो होला भन्ने थाहा पाएको भए अस्पतालमै आएर गर्भ फाल्ने थियौं,’ लोकीका


पति खिमबहादुरले भने, ‘नपढेका मान्छेलाई मेडिकल राख्नेहरू डाक्टर नै होलान् भन्ने लाग्यो । कसैलाई सोधेनौं झन्डै श्रीमतीको ज्यान गयो ।’ प्रकाशित : मंसिर १७, २०७३ १०:०६ पुस १६, २०७३ पुस १६, २०७३


पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार,


विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल


बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com